मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

कांग्रेस कार्यक्रममा ओलीको व्यङ्ग्य– ‘सेरिमोनियल राजा रामचन्द्रजी छँदै छन्, कस्तो राजा ल्याउन खोजेको?’

Ujyalosandeshonline 12334+ समाचार ( )
१६ पौष २०८०, सोमबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘सेरिमोनियल राजा’ को संज्ञा दिएका छन् । नेपाली कांग्रेसले ४८औँ मेलमिलाप दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले राजावादीहरुलाई व्यङ्ग्य मात्रै गरेनन् औचित्य नै सकिसकेको पनि बताए ।

उनले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘सेरिमोनियल राजा’ अर्थात आलंकारिक राजतन्त्रको पक्षमा उभिएका व्यक्तिको रुपमा व्यङ्ग्य गरे ।अध्यक्ष ओलीले भने, ‘कस्तो राजा ल्याउन खोजेको ? यी राजनीतिक दलहरुले गरेनन् भनेर तानाशाह राजा बनाउन खोजेको भनेर सोध्दा होइन भन्छन् । संवैधानिक सेरिमोनियल राजा बनाउन खोजेको रे । सेरिमोनियल त रामचन्द्रजी हुँदै हुनुहुन्छ त ।’

उनले नेपालमा राजतन्त्र नेपालमा असाधारण विषय भएको उल्लेख गर्दै कुनै पनि तानाशाहीतन्त्र ल्याउनै नदिने भन्दै लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको पक्षमा सबै एक भएर उभिने बताए । यस्तै, ओलीले अहिले पुष्पकमल दाहाल नेतृत्वको सरकारसँग गठबन्धनकै ठूलो दल कांग्रेस सन्तुष्ट रहेको भन्दै कटाक्ष पनि गरे ।

उनले भने, ‘अहिलको परिस्थिति, अहिलेको राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको कांग्रेसको तलाउमा मैले एउटा ढुंगा फुत्त फालिदिएर तरंग ल्याउने मेरो कुनै इच्छा छैन । त्यसकारण म त्यतापट्टि जान चाहन्नँ, अमन चयनमा खलल पार्न पनि चाहन्नँ । त्यस सीमाभित्र मात्रै म रहन्छु ।’आफूलाई महामन्त्री विश्वकर्मा शर्माले मेलमिलाप दिवसमा आउनासाथ भाटे कारबाही गरेको भन्दै ओलीले व्यंग्य गरे ।

‘विश्वप्रकाशजीले अर्काको घर किन बनाइस्, कलकत्ता जान गंगाको बाटो किन भनिस्, ट्रक नै कुुदाउनुपर्ने ठाउँमा पाइपलाइन अमलेखगञ्जमा किन ल्याइस्, ट्यांकर चलाउनुपर्ने ठाउँमा बयलगाढा चलाइराख्याथ्यो हुलाकी राजमार्ग किन बनाइस्, ठूला कुरा गर्ने ? उहाँले आफ्नो प्रचलित शैलीमा लकार्नुभो । त्यसको पनि म जवाफ दिन्नँ त्यतापट्टि पनि म जान्नँ’ ओलीले भने ।

पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बीपी) लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले आज कार्यक्रम आयोजना गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार