मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |
मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |


रुपन्देहीमा बोहराको योगदानको चर्चा

Ujyalosandeshonline 11002+ समाचार ( )
१८ चैत्र २०८१, मङ्गलबार

भैरहवा । 

प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दिपक बोहराको मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको छ । पोष्ट कोभिडको कारण घाँटीको समस्याबाट लामो समय देखि जुधिरहेका बोहराको काठमाण्डौं स्थित ओम अस्पातलमा मृत्यु भएको हो ।

४ दशक अघि देखि नै राजनितिमा क्रियाशिल  बोहरा पटक पटक मन्त्री समेत बनेका थिए । प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टीको गठवन्धनको सहयोगमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्दै उहाँ रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभामा निर्वाचित भएका थिए । बोहराले ३६ हजार ७१७ र खाँणले ३४ हजार ३६ मत पाएका थिए ।

रुपन्देही जिल्लाको विकासको चर्चा गर्दा सबैभन्दा पहिलो पंक्तिमा आउने राजनीतिकर्मीको नाम हो दीपक बोहोरा । बुटवल–तानसेन सडक र भालुवाङ–प्यूठान सडकको ट्रयाक खोलेर पञ्चायत कालमा समाज सुधारक बडाहाकिमका रुपमा परिचित प्रतिमान चन्द बोहरा र नीमा बोहरोका माहिलो छोराको रुपमा प्रजातन्त्र स्थापनासँगै जन्मिएका दीपक बोहरालाई रुपन्देहीमा विकासको आधारभूत जग बसाउने नेताका रुपमा लिइन्छ । 

व्यवस्थित बस्ती, बस्तीमा सडक, खानेपानी, विद्युत्, सिंचाईदेखि शिक्षामा गुणस्तर सुधारलगायतका काममा बोहराले सिलसिलाबद्ध काम गरेका छन् । भैरहवा–लुम्बिनी भूमिगत जलसिंचाइ आयोजना (भैलूभूज) को सुरुवात गर्दै तराईका अन्नभण्डारमा सिंचाईको प्रभावकारी व्यवस्थापन गर्ने नेताका रुपमा बोहरालाई लिइन्छ । उनि जति राजनीतिमा आबद्ध भए यसअवधिमा विकासका विभिन्न आयोजनाहरुलाई अगाडि बढाउने भूमिका निर्वाह गरे ।

रुपन्देहीमा उनको लोकप्रियता कति थियो भने प्रतिनिधि सभामा उहाँले बोल्दै नबोली निर्वाचनमा भएको जितले प्रष्ट गर्छ । राप्रपाका सह महामन्त्री ताहिर अलीले भने “रुपन्देही संगै उहाँ बनमन्त्री हुदा सगरमाथा संरक्षणको लागि गरेको प्रयासले विश्वस्तरमै चर्चा पाएको थियो ।”

यस बाहेक रुपन्देहीमा भैरहवा लुम्बिनी भूमिगत जल परियोजना, दिपनगरको विकास संगै भैरहवामा एशियाली विकास बैंकको योजनाहरु लागु गराउनुमा बोहराको भूमिका मूख्य रहेको यहाँका स्थानिय नेताहरुको भनाई छ । 

०३६ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित बोहरा २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यमा समेत विजयी भएका थिए । २०७० सालमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।  

उनि २०३८ सालमा पर्यटन राज्यमन्त्री र पर्यटन सहायकमन्त्री, २०४० मा पर्यटन राज्यमन्त्री, २०४३ मा निर्माण तथा यातायात राज्यमन्त्री, २०४४ मा निर्माण तथा यातायातमन्त्री, २०६७ मा वन तथा भूसंरक्षण मन्त्री, २०७२ मा श्रम तथा रोजगार मन्त्री, २०७३ सालमा आपूर्तिमन्त्री, २०७४ मा स्वास्थ्यमन्त्री बनेको सह महामन्त्री ताहिर अलीले जानकारी दिए ।

सांसद दिपक बोहराको शोकमा सिद्धार्थनगर नगर पालिकाको कार्यालयले भोली बुधबारको लागि शोक विदा दिने निर्णय गरेको छ । दिपक बोहरा जिल्लाको मात्रै नेपालकै लागि प्रभावशाली नेता रहेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँनले बताए । भैरहवा नगरकै बासिन्दा दिपक बोहरा गुमाउनुले भैरहवालाई मात्र हैन राष्ट्रलाई नै अपूरणिय क्षति भएको प्रमुख खाँनले भने ।

दीपक बोहराको पार्थिव शरीर उनको गृहनगर भैरहवामा ल्याइएको छ  । सिद्धार्थनगर नगरपालिका–३ स्थित बोहरा निवासमा राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा नागरिकले श्रद्धाञ्जली अर्पण गरेका छन ।

आजै उनको पार्थिव शरिर काठमाण्डौं लैजाने र भोली बुधबार पशुपतिनाथ स्थित आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारीक श्रोतलाई उद्दृत गर्दै राप्रपाका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले जानकारी दिए ।

विक्रम सम्वत २००७ सालमा जन्मिएका बोहराको मंगलबार बिहान १०ः१५ बजे काठमाडौंस्थित ओम अस्पतालमा निधन भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार