मुख्य समाचार
सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा | निर्वाचन आउन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न | भाषणमा ‘समृद्धि’, व्यवहारमा ‘सास्ती’ : रोहिणीका विद्यार्थीलाई नयाँ भवन ‘आकाशको फल’ | “भवन बनेर पनि प्रयोग गर्न नपाउँदा एउटै कोठामा दुई कक्षाका विद्यार्थी खाँदिएर पढ्न बाध्य छन् ” | विशेष महाधिवेशन : मतदान बिहीबार बिहान २ देखि ५ बजेसम्म | रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति | पहिचानवादी शक्तिहरू एक ठाउँमा: रुपन्देहीमा तीन दल एउटै चुनाव चिन्हबाट लड्ने | पवनकुमार सेठिया स्मृति क्रिकेट: आर्मीलाई हराउँदै रुपन्देही–११ ले जित्यो टी–ट्वान्टी सिरिज | खेलकुद क्षेत्रका चुनौती सम्बोध गर्न ‘पेसएक्स स्पोटर्स’ | गुल्मीको रिडीमा माघे सङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी पूरा |

पहाडी र तराई जिल्लाबीच विकासको सन्तुलन कायम गर्न आवश्यक छ : मुख्यमन्त्री शाह

Ujyalosandeshonline 10071+ समाचार ( )
१० मंगशिर २०८२, बुधवार

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहाडी र तराई जिल्लाबीच विकासको सन्तुलन कायम गर्न आवश्यक रहेको बताउनुुभएको छ । आज यहाँ लम्कीचुहा–४ मा निर्माण हुन लागिरहेको सिटी हल, सङ्ग्रहालय तथा घेरापर्खाल निर्माण कार्यको शिलान्यास कार्यक्रममा उहाँले प्रदेशमा सन्तुलित बजेट निर्माणप्रति आफू चिन्तित रहेको बताउनुुभयो । 

सातै जिल्लाको भ्रमण सकेर फर्किनुभएका मुख्यमन्त्री शाहले बाजुरा–बझाङजस्ता विकट पहाडी क्षेत्रमा विकासका कामलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । तराईका क्षेत्रमा विकासले फड्को मारेकाले अब विकास पहाड र दुर्गम बस्ती केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।

मुख्यमन्त्री शाहले शिक्षा, स्वास्थ्य, खानेपानीलगायत ठूला परियोजना पनि शीघ्र शिलान्यास तथा उद्घाटनको चरणमा रहेको जानकारी दिनुभयो । प्रदेशको सर्वाङ्गीण विकासका लागि आफूले निरन्तर सक्रिय भूमिका खेल्ने उहाँले बताउनुुभयो ।जननिर्वाचित प्रतिनिधिबीच समन्वय र साझा उद्देश्य आवश्यक भएको बताउँदै उहाँले सङ्ग्रहालयलाई प्रभावकारी रूपमा अघि बढाउन स्थानीय तह र सरोकारवाला सबै सचेत र जिम्मेवार हुनेपर्ने जोड दिनुभयो ।

प्रदेश सरकारको बजेटबाट बन्न लागेका लम्कीचुहा सिटी हल, सङ्ग्रहालय तथा पर्खाल निर्माणका लागि काम गोरखनाथ–पूर्वपश्चिम–निधि जेभी, काठमाडौँसँग रू १३ करोड १९ लाख तीन हजार २१४ रूपैयाँ सात पैसामा ठेक्का सम्झौता भएको छ । यस परियोजनाको कूल लागत रू २२ करोड ८९ लाख १७ हजार सात रूपैयाँ ५६ पैसा रहने जनाइएको छ । बहुउद्देश्यीय रूपमा प्रयोग गर्न मिल्ने सिटी हलबाट सार्वजनिक सभा, सांस्कृतिक कार्यक्रम, प्रदर्शनी तथा अन्य गतिविधिमा सहजता हुने अपेक्षा गरिएको छ । निर्माण कार्य २०८४ साल असोज ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य तोकिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार