मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

दोश्रो वडा कपको उपाधि भैरहवा क्रिकेट क्लबलाई

Ujyalosandeshonline 12441+ समाचार ( )
२२ चैत्र २०८१, शनिबार

भैरहवा । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ को आयोजनामा सम्पन्न दोश्रो वडाकपको उपाधि भैरहवा क्रिकेट क्लबले जितेको छ । शनिबार गोनहिया क्रिकेट मैदानमा सम्पन्न फाईनल खेलमा भैरहवा गाउँ क्रिकेट क्लबलाई पराजित गर्दै भैरहवा क्रिकेट क्लबले उपाधि जितेको हो । 

भैरहवा क्रिकेट क्लबले हिमाली क्रिकेट क्लबलाई र भैरहवागाउँ क्रिकेट क्लबले रामजानकी क्रिकेट क्लबलाई हराउदै फाईनलमा पुगेका थिए । वडा नम्बर ७ अन्र्तगतको ४ टिम सहभागी रहेको प्रतियोगिताको विजेताले नगद १० हजार रुपैया र उप विजेताले ८ हजार रुपैया प्राप्त गरेको खेलकुद संयोजक प्रविणजंग राणाले जानकारी दिए । 

यस अघि कार्यक्रमको उदघाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँनले खेलकुदको माध्यमबाट राष्ट्रलाई नै पहिचान दिलाउन सकिने र यसमा पनि क्रिकेटको अहिले अझै क्रेज रहेको कारण खेलाडीहरुलाई यसलाई गम्भिरता पूर्वक लिन आग्रह गरे । उनले अहिले क्रिकेट व्यवसायीक भएको र यसबाट पनि मनग्य आम्दानी गर्न सकिने हुदा युवाहरु यसतर्फ बिशेष ध्यान दिन आवश्यक रहेको बताए । नगरपालिका स्तरमै खेलाडीहरुको छनौट गरि राष्ट्रिय स्तरका क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्य सहित वडा कप हुदै मेयर कपको आयोजना हुने गरेको उनले बताए । 

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष दामोदर शर्मा भण्डारीको अध्यक्षता, नगरपालिका प्रमुख ईस्तियाक अहमद खाँनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष मुक्तिनाथ यादव (भोला), वडा नम्बर ८ का वडा अध्यक्ष राजनजंग राण, वडा नम्बर ५ का वडा अध्यक्ष पुरन श्रेष्ठ, वडा नम्बर १० का वडा अध्यक्ष सुर्जमन यादव, वडा नम्बर २ का वडा अध्यक्ष छेदीलाल श्रीवास्तव, वडा नम्बर ७ का पूर्व वडा अध्यक्ष भिमसेन कर्माचार्य, टोल सुधार समितिका अध्यक्ष ठाकुर कुमार अधिकारी, वडा सदस्य अर्पिता विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम वडा सदस्य अभिषेक रावलको सञ्चालन र शुषमा प्रधानको स्वागतमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार