मुख्य समाचार
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव |

हुम्लावासीका लागि खानेपानीको समस्या समाधानका गर्न आवश्यक : मन्त्री यादव

Ujyalosandeshonline 11904+ समाचार ( )
२९ मंगशिर २०८१, शनिबार

हुम्ला (सिमिकोट) । खानेपानी मन्त्री प्रदीप यादवले हुम्ला वासीका खानेपानीका समस्या दीर्घकालिन रुपमा समाधान गर्नका लागि महत्वपूर्ण योजनाहरु अगाडि सारेको बताएका छन् ।

शुक्रबार हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट खानेपानी आयोजना वडा नं ५, ६ र ७ को अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले हुम्ला जिल्लावासीका खानेपानीका समस्या दीर्घकालिन रुपमा समाधान गर्न लागि परेको बताएका हुन् ।

उनले भने, ‘म खानेपानीका विषयमा नागरिलाई परेका दुःख र त्यसको समाधान गर्ने उदेश्यले दुर्गम जिल्लामा अनुगमनका लागि दौडिरहेको छु । आज हुम्ला आइपुगेको छु । यहाँका नागरिकका पानीका समस्या समाधानका लागि महत्वपूर्ण योजनाहरु अगाडि सारेको छु ।’

जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्न थालेका कारण नागरिकलाई खानेपानीको समस्या भइरहेकाले त्यसको दीर्घकालिन समस्या समाधानका लागि गृह कार्य भइरहेको जानकारी दिए । उनले भने, ‘जलवायु परिर्वतनले पानीका मुहान सुक्दै गएका छन् । यो निकै दुःख कुरो हो । पानीको समस्या समाधानका लागि दीर्घकालिन समस्या समाधानको बाटो खाज्दै छु ।’

सोही क्रममा मन्त्री यादवले आफु मन्त्री पदमा रहे नरहेपनि नेपाली नागरिकका सुख दुःखमा हर हमेसा साथ दिइरहेको प्रतिद्धता जनाए । मन्त्री यादवले हुम्लाको दुर्गम भूगोल र चुनौतीपूर्ण भौतिक अवस्थाका बाबजुद खानेपानी पहुँचको दिगो समाधानका लागि खानेपानी मन्त्रालयबाट यस आर्थिक वषर्मा सरकारले महत्वपूर्ण खानेपानी तथा ढल व्यवस्थापनका विभिन्न योजनाहरु अगाडि सारेको जानकारी दिए ।

उनले भने, ‘खानेपानी पहुँचको दिगो समाधानका लागि मन्त्रालयबाट महत्वपूर्ण खानेपानी तथा ढल व्यवस्थापनका योजनाहरु अगाडि सारेको छु । यस कार्यमा समुदायको सहकार्य र समर्थन आवश्यक छ ।’ समुद्री सतहबाट दुई हजार नौँ सय मिटरको उचाइमा रहेको हुम्ला जिल्लाको सदरमुकाम सिमकोट क्षेत्र भौगोलिक रुपमा दुगर्म भएपनि यहाँका नागरिकहरुको आवश्यकता र अधिकारलाई राज्यले उपेक्षा गर्न नसक्ने समेत मन्त्री यादवले बताए । उनले भने, ‘यस क्षेत्रबाट मानसरोवर र कैलाश पवर्तको यात्रा सुरु हुन्छ, त्यसैले सिमकोटलाई कैलाश पवर्त र मानसरोवरको प्रवेशद्वारका रुपमा पनि चिनिन्छ ।यहाँका नागरिकको आवश्यकता उपेक्षा गर्न सकिने सवाल नै उठ्दैन ।’

हुम्ला जिल्लामा कम्तिमा पनि पाँच हजार भन्दा बढी घरधुरीमा सुरिक्षत पानी पु¥याउनुका साथै बिद्यालय र स्वास्थ्य संस्थामा आधारभूत खानेपानी र सरसफाइको व्यवस्था गरेको जानकारी दिइएको थियो ।

हुम्लाका दुगर्म भूगोल र चुनौतीपूर्ण भौतिक अवस्थाका बाबजुद, खानेपानी पहुँचको दिगो समाधानका लागि खानेपानी मन्त्रालयबाट यस आर्थिक वर्षमा १७ वटा आयोजनाहरु कार्यान्वयन गरिरहेका र जसमा कुल रु आठ दशमलब ५ करोड बजेट विनियोजन गरिएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार