मुख्य समाचार
आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी |

शिक्षाको स्तर हेरेर नै नेपाली समाजको अवस्था थाहा हुन्छः डा.यादव

Ujyalosandeshonline 12545+ समाचार ( )
७ भाद्र २०८१, शुक्रबार

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले नेपाली समाजलाई कहाँ लगिँदै छ भन्नेकुरा शिक्षाको स्तर हेरेर नै थाहा हुने बताएका छन् ।

स्व.प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले शिक्षा क्षेत्रको सुधारका लागि सरकारको नेतृत्व तहबाट काम हुन नसक्दा संविधानमाथि दोष दिने गरेको उल्लेख गरे ।  

शिक्षा विधेयक अहिले संसद्मा रहेको भन्दै यसमा आवश्यक विचार विमर्श गर्न उनले आग्रह गरे । ‘अहिले शिक्षा विधेयक हाउसमा छ । कम्तिमा सामुदायिक विद्यालयहरुमा ८० प्रतिशत विद्यालयमा शिक्षक छैनन् । ५२ प्रतिशत विद्यार्थी इसईईमा फेल भए भइरहेका छन् ।

मुख्य–मुख्य शिक्षकहरु नै छैनन् । राहत वा सामुदायिकस्तरमै राखेर जेनतेन अध्ययन गराइएको छ । यसले नेपाली समाजलाई कहाँ लगिएको छ भन्ने देखाउँछ । संविधानको दोष छैन,’उनले भने ।

डा. यादवले संविधानमा गणतन्त्र, लोकतन्त्र, समावेशी र संघीयताको व्यवस्था रहेकाले त्यो कार्यान्वयन गर्नुपर्ने जोड दिए । उनले ८० प्रतिशत खाद्यन्न बाहिरबाट ल्याउने अनि समाजवाद खोज्ने परिपाटी गलत भएको बताए । 

डा. यादवले कांग्रेस पार्टीलाई सत्तामा नगइ नहुने भन्ने सोच नै गलत भएको उल्लेख गर्दै काङ्ग्रेसको इतिहासको स्मरण गरे । उनले अन्तर्राष्ट्रिय स्तरमा कांग्रेसको राम्रो पहिचान रहेको भएपनि काम गर्न नसकेकोमा चिन्ता व्यक्त गरे ।

नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागकी प्रमुख डा. डिला संग्रौलाको सभापतित्वमा भएको कार्यक्रममा सांसद चन्द्र भण्डारी, प्राध्यापक कृष्ण खनाललगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार