मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

प्रथम शुद्धोधन अन्तरपालिका कर्मचारी क्रीकेट प्रतियोगीतामा ओमसतिया बिजयी

Ujyalosandeshonline 12548+ समाचार ( )
१३ फाल्गुन २०८०, आइतबार

शुद्धोधन । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा अन्तरपालिका स्तरीय कर्मचारी बिच भइरहेको क्रिकेट प्रतियोगिता अन्तरर्गत आइतबार भएको खेलमा ओमसतिया गाउँपालिका ,कोटहीमाई र मर्चवारी गाउँपालिका बिजयी भएको छन् । आज कोटहीमाई र सियारी गाउँपालिका बिच भएको क्रिकेट प्रतियोगितामा कोटहीमाई गाउँपालिका बिजयी भएको हो ।

कोटहीमाईले पहिलो ब्याटिङ्ग गरेर १४ ओभरमा ३ बिकेट गुमाइ १ सय ५० रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्यलाई पच्छयाउदै सियारी गाउँपलिकाले १४ ओभरमा ५ बिकेट गुमाएर ८९ रन मात्र बनाएको थियो । यस प्रतियोगितामा बिजयी भएको कोटहीमाई गाउँपालिकाको कृष्ण यादवले ५४ रन बनाई मैन आफ द मैचबाट पुरस्कृत भएका थिए । 

यसैगरी कञ्चन गाउँपालका र मर्चवारी गाउँपालिका बिच भएको क्रिकेट प्रतियोगितामा मर्चवारी गाउँपालिका बिजयी भएको छ । पहिलो ब्याटिङ्ग गरेको कंचन गाउँपालिकाले १४ ओभरमा ७ बिकेट गुमाएर ७४ रनको लक्ष्यको दिएको थियो । उक्त लक्ष्यलाई पच्छयाउदै मर्चवारी गाउँपालिकाले ८ ओभर मै ८ बिकेटले जीत हासिल गरेको थियो । उक्त क्रिकेट प्रतियोगितामा मर्चवारी गाउँपालिकाका आशुतोष त्रिपाठीले मैन आफ द मैचबाट पुरस्कृत भएका थिए । 

यस्तै तिलोत्तमा नगरपालिका र ओमसतिया बिच भएको प्रतिस्पर्धामा ओमसतिया गाउँपालिका बिजयी भएको अयोजकले जनाएको छ । खेलमा तिलोत्तमा नगरपालिकाले पहिलो ब्याटिङ्ग गरी १४ ओभरमा ४ बिकेट गुमाएर १ सय १० रनको लक्ष्य दिएको थियो । तिलोत्तमाले दिएको लक्ष्यलाई पच्छयाउदै ओमसतियाले  १ बिकेट गुमाएर ८ ओभरमा लक्ष्य प्राप्त गरी ९ बिकेटले बिजयी भएको आयोजकले जानकारी दिएको छ । उक्त खेलमा बिजयी भएको ओमसतिया गाउँपालिकको बिरेन्द्र पासीले ५४ रन बनाई मैन आफ द मैचबाट पुस्कृत भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार