मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अगाडि बढाउन निरन्तर प्रयास भैइरहेको छ : प्रचण्ड

Ujyalosandeshonline 12612+ समाचार ( )
१२ माघ २०८१, शनिबार

दाङ । नेकपा माओवादी  केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अगाडि बढाउनका लागि लगातार प्रयास गरिरहेको बताएका छन् । 

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अनुगमनपछि आयोजित कार्यक्रममा उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासको लागि बजेटको व्यवस्था, भवनको लागि बजेटको व्यवस्था, एमविविएसको लागि कक्षा सञ्चालन गर्ने प्रक्रियाको बारेमा प्रतिवद्धता गरि सबै व्यवस्था गरेका बताएका हुन् । 

उनले भने, ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकालाई अगाडि बढाउन हामी लगातार प्रयास गरिरहेका छाँै । यसको स्थापना कालमा ऐन निमार्णको समयमा पनि हामीले प्रतिष्ठान सम्बन्धि ऐन बनाउन जोड दियाँै । यो राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको विकासको लागि बजेटको व्यवस्था, भवनको लागि बजेटको व्यवस्था, एमविविएसको लागि कक्षा सञ्चालन गर्ने प्रक्रियाको बारेमा प्रतिवद्धता गरि सबै व्यवस्था गरेका छौँ । झण्डै ३० करोड बजेटको व्यवस्था गर्यौँ । हाम्रो तर्फबाट यो प्रतिष्ठानको चौतर्फि बिकासको लागि निरन्तर प्रयास भैरहेको छ ।’

यसको साथै, उनले प्रतिष्ठानमा माओवादीको नेतृत्वमा थप ४  सय वेडहरु थप्ने प्रक्रिया सुरु भएको बताए । उनले भने, ‘हाम्रो नेतृत्वमा थप ४  सय ओटा वेडहरु थप्ने प्रक्रिया सुरु भएको हो । अब चार सय वेड थपिँदा यहाँ साढे ७ सय वेड भएपछि मात्र अहिलेको यो बिरामीको चापलाई सम्बोधन गर्न सकिन्छ भने महसुस गरेको छु । यसको बिकासको लागि म सदन र सरकारमा  यो बिषयलाई गम्भिर रुपमा उठाउँछु ।’   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार