मुख्य समाचार
बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ | भर्चुअल बैठकमार्फत निर्देशन | सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा | अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने | मन्त्रिपरिषद् बैठकको निर्णय : धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन | लुम्बिनी प्रदेश सभा बैठक : दलित अधिकारसम्बन्धी विधेयक पारित | गोरु गाडमा गहुँ लैजाँदै किसान | विद्युत् महसुुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा | शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु | अर्घाखाँचीका प्रहरी प्रमुखद्वारा मातहतका युनिटलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन |

बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ

रासस 467+ समाचार ( )
८ वैशाख २०८३, मङ्गलबार

धरान (सुनसरी) । जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचनाअनुसार इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, दुहबी नगरपालिका तथा गढी गाउँपालिकालगायत स्थानमा कुखुरापालन गरिएका फार्महरूमा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा, एच फाइभ एन वन) नामक रोग पुष्टि भएको जनाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेका अनुसार उक्त रोग मानिसमा समेत सर्न सक्ने भएकाले बर्ड फ्लु नियन्त्रण नियमावली, २०७८ बमोजिम सङ्क्रमित क्षेत्रलाई केन्द्रविन्दु मानी चार किलोमिटर क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र तोकिएको छ । रोग थप फैलिन नदिन सो क्षेत्रमा आवश्यक नियन्त्रणका कार्य अघि बढाइएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासनले वैशाख १४ गतेसम्मका लागि कुखुरा, चल्ला तथा कुखुराजन्य वस्तु (अण्डा र मासु) को ओसारपसारमा प्रतिबन्ध लगाएको छ । सङ्क्रमित क्षेत्रबाट अन्यत्र तथा अन्य जिल्लाबाट सुनसरीभित्र कुखुरा तथा कुखुराजन्य वस्तु भित्र्याउन र बाहिर लैजान रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले जिल्लावासी, कृषक, व्यवसायी तथा सरोकारवालालाई उच्च सतर्कता अपनाउन र नियन्त्रण कार्यमा सहयोग गर्न आग्रह गरेको छ । गत चैत ११ गते सुनसरीमा बर्डफ्लु पुष्टि भएपछि जिल्लाका विभिन्न स्थानमा प्रभावित फार्महरूमा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको थियो । सोही दिन इटहरी, दुहबी र गढीलगायतका ठाउँहरूमा आठ वटा बढी कृषि फार्ममा सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण पुष्टि भएपछि इटहरी–१९ स्थित ओकेओ कृषि प्रालिमा रहेका ११ हजार २० कुखुरा र ११ हजार ३०० अण्डा नष्ट गरिएको थियो । यस्तै, गढी गाउँपालिका–५ को सञ्जित कृषि फार्ममा ४२१, इटहरी–११ को आलम कृषि फार्ममा ५५०, इटहरी–१८ को रानी कृषि फार्ममा एक हजार ९३० (लेयर्स र गिरीराज) तथा इटहरी–१७ को लक्ष्मी पोल्ट्री फार्ममा ५१० कुखुरा र ५२० अण्डा नष्ट गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इनरुवाका प्रमुख डा मनोजकुमार महतोले जानकारी दिनुभयो । सोमबार सुनसरीको रामधुनी नगरपालिका–६ स्थित एक पोल्ट्री फार्ममा पालिएका करिब एक लाख ५० हजार लेयर्स कुखुरामा सङ्क्रमण पुष्टि भएपछि नष्ट गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार