मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

नशा डान्सबारमा भएको कुटपिटबाट एक जनाको मृत्यु

Ujyalosandeshonline 12441+ समाचार ( )
२ फाल्गुन २०८१, शुक्रबार

परासी । नवलपरासीको बर्दघाटस्थित एक डान्सबारमा भएको दुई पक्षबिच कुटपिटमा एक जनाको मृत्यु भएको छ । युवाहरू बिच आपसमा विवाद हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ । बर्दघाट नगरपालिका–१३, जमुनाबारीमा रहेको नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा दुई पक्षबिच कुटाकुट भएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार कुटपिटमा घाइते भएका प्रतापपुर गाउँपालिका–९, खैरेनीका ४५ वर्षीय सन्तबहादुर चौधरीको उपचारको क्रममा बुटवलमा मृत्यु भएको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले डान्स बारका सञ्चालक राकेश हरिजन सहित प्रतापपुर–१ बस्ने अमित चौधरी र सरोज चौधरीलाई नियन्त्रणमा लिएको छ । डान्सबारभित्र भिडियो खिचेको निहुँमा झगडा भएको बताइएको छ । 

घटनामा मिन्टु र सरोज कुमार चौधरी पनि घाइते भएका थिए । पक्राउ परेका प्रतिवादीविरुद्ध नवलपरासी जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर भइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी गराएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार