मुख्य समाचार
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न | सांसदको स्वीकय कर्मचारी नियुक्ति सम्बन्धमा संसद् सचिवालयको सहजीकरण | पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै | श्रीमानको कुटाइः श्रीमतीको मृत्यु |

क्यान्सरको बिरामीलाई उपचारार्थ रु सात लाख सहयोग

Ujyalosandeshonline 11766+ समाचार ( )
१३ माघ २०८२, सोमबार

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा क्यान्सरबाट थलिएकी एक जना बिरामीको उपचारका लागि रु सात लाख भन्दा बढी सहयोग प्राप्त भएको छ । भकिम्लीको ज्यामीरेकी ५७ वर्षीया हरिकला छन्त्यालको उपचारका लागि स्थानीय हिमचुली स्र्पाेट्स क्लबको नेतत्वमा रु सात लाख ५८ हजार पाँच सय ९३ सहयोग जुटेको हो । स्वदेश तथा विदेशमा रहेकाबाट सङ्कलन भएको उक्त रकम पाठेघर र फोक्सोको क्यान्सरबाट थलिएकी छन्त्याललाई उपचारका लागि उपलब्ध गराएको क्लबका अध्यक्ष दीपक पुनले जानकारी दिनुभयो । 

बालप्रिय सारदा आधारभूत विद्यालयमा आयोजना भएको कार्यक्रममा वडा सदस्य द्रोपती छन्त्याल, प्रअ जमुना राना र क्लबका अध्यक्ष पुन लगायतले हरिकलाका श्रीमान् हर्कबहादुरलाई नगद हस्तान्तरण गर्नुभएको थियो । छन्त्यालको चितवनमा रहेको बिपी कोइराला स्मृति क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

सामान्य खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएकी छन्त्याल बिरामी परेपछि महँगो उपचार खर्च जुटाउन परिवारलाई समस्या भएपछि बेनी नगरपालिका–३ को वडा कार्यालयको सिफारिसमा क्लबले अभियान सञ्चालन गरेको थियो । यसैगरी हिमचुली स्र्पाेट्स क्लबले बालप्रिय सारदा आधारभूत विद्यालयको शैक्षिक क्रियाकलापका लागि रु ५० हजार पनि सहयोग गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार