मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |

सम्बन्धित निकायहरुमा चार्टर्ड एकाउन्टेन्ट्सको दरबन्दीको प्रवन्ध हुछ : अर्थमन्त्री

Ujyalosandeshonline 12546+ समाचार ( )
५ श्रावण २०८१, शनिबार

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले लेखा प्रणालीको गुणस्तर सुनिश्चीत गर्न राज्यका सम्बन्धित निकायहरुमा चार्टर्ड एकाउन्टेन्ट्सका लागि दरबन्दीको प्रवन्ध गर्ने प्रतिवद्धता जनाएका छन् । 

काठमाडौंमा आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्ट्सका संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले, राज्यका सम्बन्धित निकायहरुमा चार्टर्ड एकाउन्टेन्ट्सका लागि दरबन्दीको प्रवन्ध गर्नुपर्ने संस्थाको विचारमा सहमति जनाउँदै उनले, त्यसका लागि चाँडै पहल कदमी लिने समेत प्रतिवद्धता जनाए । 

उनले भने,‘ लेखा प्रणालीको गुणस्तर सुनिश्चीत गर्नका लागि राज्यका सम्बन्धित निकायहरुमा चार्टर्ड एकाउन्टेन्ट्सका लागि दरबन्दीको प्रवन्ध गर्नुपर्छ र त्यो प्रवन्धकासाथ हामीले यो लेखा परिक्षणको कामलाई अगाडि बढाउँनु पर्छ भन्ने कोणबाट जुन विचार व्यक्त भइरहेको छ, म यो अभिव्यक्ति प्रति सकारात्मक दृष्टिकोण रहेको कुरा राख्न चाहन्छु । केही वर्ष लाग्ला तर सार्थकताकासाथ यहाँहरुको यो अपेक्षा र मागलाई सार्थक तुल्याउनका लागि म अर्थमन्त्रीको हैसियतमा पहल कदमी लिने छु ।’

अर्थमन्त्री पौडेलले, आउने दिनमा कर प्रणालीको विकास र लेखा परिक्षणको क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगसँगै अझ प्रभावकारी र विश्वसनियता बनाउका निम्ति चार्टर्ड एकाउन्टेन्ट्सले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि विश्वास व्यक्त गरे । 

उनले भने, ‘आउने दिनमा कर प्रणालीको विकास र लेखा परिक्षणको क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगसँगै यो क्षेत्रलाई यो विधालाई अझ प्रभावकारी, अझ शसक्क्त, अझ विश्वसनियता बनाउका निम्ति नेपाल चार्टर्ड एकाउन्टेन्ट्सले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । ’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार