मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

अर्घाखाँची अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारी लुम्बिनी प्रदेशकै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट घोषित

अनिल नेपाली 141+ समाचार ( )
२६ कार्तिक २०८२, बुधवार

अर्घाखाँची । अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख डा.जगन्नाथ तिवारी लुम्बिनी प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८१/८२ को प्रदेश स्तरीय वार्षिक समीक्षा कार्यक्रममा उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्टका रूपमा सम्मानित हुनुभएको छ । मुख्यमन्त्री र स्वास्थ्य मन्त्रीबाट सम्मानित डा. तिवारीले विगत १० वर्षदेखि अर्घाखाँची अस्पतालको नेतृत्व गर्दै आउनुभएको छ ।

डा. तिवारीको प्रशासकीय नेतृत्वमा अस्पतालको सेवा प्रवाह, सरसफाइ, व्यवस्थापन र उपचार प्रणालीमा उल्लेख्य सुधार आएको छ। उहाँको निरन्तर प्रयासबाट अस्पतालमा डिजिटल रेकर्ड प्रणाली, नयाँ उपकरण जडान, आपतकालीन सेवा सुदृढीकरण र बिरामी सल्लाह कक्षको सुधार जस्ता महत्वपूर्ण पहलहरू भएका छन् ।

बिरामीहरूका अनुसार डा. तिवारीको नेतृत्वपछि अस्पतालमा पहिलेको जस्तो ढिलासुस्ती, भीडभाड र अव्यवस्था हटेको छ। अस्पताल परिसर सफा र व्यवस्थित बनेको छ भने स्वास्थ्यकर्मीहरूको व्यवहारमा पनि सुधार आएको छ। डा. तिवारी स्वयं बिरामीका समस्या सुन्न र स्वास्थ्यकर्मीबीच समन्वय कायम गर्न सक्रिय रहँदै आउनुभएको छ ।

डा. तिवारी भन्नुहुन्छ, "सरकारी अस्पताल पनि उत्कृष्ट सेवाको केन्द्र बन्न सक्छ भन्ने उदाहरण देखाउने हाम्रो प्रयास हो। सीमित स्रोतसाधनका बाबजुद पनि हामीले सक्दो सुधार गर्ने संकल्प गरेका छौं।"

स्थानीयवासी र बिरामी दुवैले डा. तिवारीको सेवा र प्रयासको उच्च प्रशंसा गर्दै अर्घाखाँचीमा उपचार सेवा अब धेरै भरपर्दो भएको बताएका छन् । डा. तिवारीले उपचार र प्रशासनिक दुवै क्षेत्रमा अब्बल साबित भएर बिरामीको मनमा बस्न सफल हुनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार