मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव

Ujyalosandeshonline 12457+ समाचार ( )
५ वैशाख २०८३, शनिबार

काठमाडौँ । सरकारले देशभरका स्थानीय तहको संख्या, सीमाना हेरफेर र वर्गीकरणका सम्बन्धमा सरोकारवाला निकायहरूसँग औपचारिक रूपमा सुझाव माग गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समिति, स्थानीय तह र सरोकारवाला निकायहरूलाई पत्राचार गर्दै यस प्रक्रियामा सहभागी हुन र आफ्ना राय उपलब्ध गराउन आग्रह गरेको हो ।

मन्त्रालयले जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई समेत बोधार्थ पठाउँदै आवश्यक सहजीकरणका लागि अनुरोध गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३, ५, ६, ७ र ८ मा रहेको व्यवस्था बमोजिम गाउँपालिका तथा नगरपालिका र वडाको संख्या एवं सीमाना हेरफेर गर्ने, एकआपसमा गाभ्ने र नगरपालिकाको विद्यमान वर्गीकरणलाई पुनरावलोकन गर्न प्रारम्भिक मस्यौदा तयार भइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले तय गरेको प्रक्रिया अनुसार अब स्थानीय तहले तोकिएको मापदण्डका आधारमा आफ्ना प्रस्ताव पेस गर्नुपर्नेछ । स्थानीय तहबाट प्राप्त प्रस्तावलाई सम्बन्धित प्रदेशले सिफारिस गर्ने र उक्त सिफारिसको अध्ययन गरेपछि मन्त्रालयले अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने तयारी गरेको छ । यसरी प्रस्ताव तयार पार्दा कानुनी अभिलेखको अध्ययन, स्थलगत अवलोकन, तथ्यांकको विश्लेषण र स्थानीयस्तरमा राजनीतिक दल तथा नागरिक समाजसँग घनिभूत छलफल गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

सीमाना तथा वडा संख्या हेरफेर र स्थानीय तह गाभिने विषयमा विस्तृत अध्ययन गर्न प्रत्येक जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा एक विशेष समिति समेत बनाइएको छ । उक्त समितिमा सम्बन्धित स्थानीय तहका उपप्रमुख वा उपाध्यक्ष, सहायक प्रमुख जिल्ला अधिकारी, नापी कार्यालयका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत सदस्य रहने व्यवस्था गरिएको छ । विज्ञहरूसँगको परामर्श र स्थानीयको रायलाई समेत आधार मानेर समितिले आफ्नो प्रतिवेदन तयार पार्नेछ ।

यस विषयमा कुनै पनि राय वा सुझाव भए मन्त्रालयको आधिकारिक इमेल ठेगानामा तीन दिनभित्र उपलब्ध गराउन समेत मन्त्रालयले सबै पक्षलाई आग्रह गरेको छ । सरकारले स्थानीय सरकारलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउने उद्देश्यले यो पुनरावलोकनको प्रक्रिया अगाडि बढाएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार