मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

विदेश पठाउने भन्दै तीनसय जनाबाट १५ करोड ठगी

Ujyalosandeshonline 12342+ समाचार ( )
२९ जेठ २०८१, मङ्गलबार

काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै तीन सय जनाभन्दा बढीलाई ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । विभिन्न प्रलोभनमा पारेर वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्स पठाइदिने भन्दै ठगी गर्ने चितवनका राजकुमार भट्ट, कास्कीका नवीन विक र पवन पन्तलाई पक्राउ गरि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार सार्वजनिक गरेको हो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टरार्ईका अनुसार गिरोहले सामाजिक सञ्जालको दुरुपयोग गर्दै फेक आइडी बनाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै तीनसय जनाभन्दा बढी मानिसको १५ करोड रुपैंयाँ ठगी गरेका हुन् । 

फेक आइडीबाट सम्पर्कमा आएका नागरिकका लागि किर्ते कागजात बनाई ५ देखि १० लाखसम्म ठगी गर्दै लुक्ने गरेको अुनसन्धानबाट खुलेको एसएसपी भट्टराईले जानकारी दिए । 

गिरोहले अमेरिका लगिदिने भन्दै विभिन्न देश पुर्याएर अलपत्र पारेको समेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले विभिन्न व्याक्तिहरुका पाँच थान राहदानी, दुई थान मोबाइल सेट, टेलिकमका दुई थान सिमकार्ड, एनसेलको सिम एक थान, राहदानीका सात थान प्रतिलिपि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार