मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

एमबीबीएसमा नाम निकालेका मर्चवारका श्यामलाई पूर्व सांसद यादवद्धारा ५० हजार सहयोग

जैसमोहम्मद खान 76+ समाचार ( )
२६ पौष २०८२, शनिबार

मर्चवार । एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल रुपन्देहीको मर्चवारीमाई गाउँपालिका–६, बगौली निवासी श्याम गुप्तालाई पूर्व प्रतिनिधि सभा सदस्य प्रमोद कुमार यादवले ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । आर्थिक अभावका कारण जेहेन्दार विद्यार्थीको शिक्षामा कुनै बाधा नआओस् भन्ने उद्देश्यले यादवले गुप्ताको घरमै पुगेर उक्त सहयोग तथा हौसला प्रदान गर्नुभएको हो ।

गत २०८२ सालको कार्तिकमा सम्पन्न प्रवेश परीक्षामा सहभागी गुप्ताले ५७औँ र्‍याङ्कसहित १६४ अंक प्राप्त गरी पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । उत्कृष्ट अंकसहित काठमाडौंका प्रतिष्ठित मेडिकल कलेजमा अध्ययन गर्ने अवसर हुँदाहुँदै पनि बसोबास र खर्चको भारका कारण उनले घर नजिकै पर्ने भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा भर्ना हुने निर्णय गरेका छन् । आर्थिक अवस्था कमजोर भए पनि गुप्ताको लगनशीलता र मेहेनतको कदर गर्दै पूर्व सांसद यादवले उनको आगामी शैक्षिक यात्रा निरन्तर रहोस् भन्ने कामना समेत गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार