मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

रूपन्देही सुपरलिगः देवदह क्रिकेट क्लब विजयी

Ujyalosandeshonline 12342+ समाचार ( )
२८ चैत्र २०८२, शनिबार

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शनिबारको खेलमा देवदह क्रिकेट क्लब विजयी भएको छ । उसले प्रोफेसनल मास्टर्स–११ लाई ७ विकेटले हराउँदै जित निकालेको हो ।

जितका लागि पाएको १ सय ३ रनको लक्ष्य देवदहले १८ ओभर १ बलमा ३ विकेटको नोक्सानीमा १ सय ६ रन बनाउँदै भेट्टायो र जित निकाल्यो । उसको जितमा सुजन गौतमले ७१ र विष्णु कटरियाले अविजित १२ रनको योगदान गरे । बलिङमा प्रोफेसनलका करण यादव, सोइब हसन मुसलमान र निरज मौर्यले १–१ विकेट लिए । 

यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले ३४ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय २ रनको सामान्य योगफल खडा गरेको थियो । उसका लागि समीर कंडेलले २४, सार्थक धितालले २२ र करण यादवले १७ रन बनाए । बलिङमा देवदहका कृष्ण कार्कीले ४, सुरज खड्काले ३ तथा सिद्धार्थ टण्डन, विष्णु कटरिया र रोशन गौतमले समान १–१ विकेट लिए । खेलमा कृष्ण कार्की प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद एक लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ पाउने खेल संयोजक प्रथम पराजुलीले बताए ।

प्रतियोगिताको विजेता पुरस्कार माउण्ट एभरेष्ट कत्था मिल, उपविजेता पुरस्कार विके ज्वेलर्स, भैरहवा, म्यान अफ द म्याचको पुरस्कार सिद्धार्थ उद्योग बाणिज्य संघले प्रायोजन गरेको छन् । यस्तै, म्यान अफ द सिरिजको पुरस्कार होटल स्टार होलिडे, बेस्ट व्याटर र बलरको पुरस्कार युवा व्यवसायी रविकुमार रौनियार, उदयीमान खेलाडीको पुरस्कार प्रतीक ट्रेड लिंक र म्याच अवधिभर बलको प्रायोजन व्यवसायी अमित गुप्ताले गरेका छन् । प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजन गरी २० टीमको सहभागिता छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार