मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

सन्धिखर्कमा आप्रवासी श्रमिकको भेला सम्पन्न, जिल्ला र नगर स्तरीय सञ्जाल गठन

Ujyalosandeshonline 12463+ समाचार ( )
२८ मंगशिर २०८२, आइतबार

अर्घाखाँची । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सन्धिखर्क नगरपालिकाको आयोजनामा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूसँगको अभिमुखीकरण तथा जिल्ला स्तरीय भेला सन्धिखर्कमा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै सन्धिखर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले आप्रवासी कामदारले विदेशमा सिकेको सीपलाई स्वदेशमै आयआर्जन र उत्पादनमा जोड्नुपर्नेमा जोड दिनुभयो।

उहाँले वैदेशिक रोजगारीमा जानुअघि आप्रवासी स्रोत केन्द्रबाट आवश्यक सूचना र परामर्श लिएर मात्र जान आग्रह गर्दै ठगीमा परेकाहरूले जिल्ला प्रशासन कार्यालय र सहायता कक्षमा सम्पर्क राख्नुपर्ने बताउनुभयो। प्रमुख श्रेष्ठले आप्रवासी सञ्जालले जिल्लाका दूरदराजमा रहेका पीडित श्रमिकका समस्या उजागर गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा सन्धिखर्क नगर उपप्रमुख मिश्रा आचार्यले सामी कार्यक्रमले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान दिएको बताउँदै रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याएको चर्चा गर्नुभयो। त्यस्तै, निमित्त प्रशासकीय अधिकृत तथा सामी फोकल पर्सन मञ्जु खनालले वैदेशिक रोजगारीका समस्याहरू स्थानीय तह र प्रशासनबाटै समाधान गर्ने व्यवस्थाले आप्रवासी परिवारलाई सहज भएको बताउनुभयो।

कार्यक्रममा सामी हेल्भटास नेपालका लुम्बिनी प्रदेश कार्यक्रम व्यवस्थापक विजय ठाकुर, कार्यक्रम अधिकृत जियाउल हक, आप्रवासी श्रमिक सञ्जालका प्रदेश अध्यक्ष रोशन गिरी र जिल्ला संयोजक बसन्त श्रेष्ठ लगायतले आप्रवासी सञ्जालको अवस्था र उपलब्धिबारे प्रकाश पार्नुभएको थियो।

सोही भेलाले रामप्रसाद ढुंगानाको अध्यक्षतामा ७ सदस्यीय आप्रवासी श्रमिक सञ्जाल जिल्ला समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा गणेश पौडेल, सचिवमा कृष्ण प्रसाद भुसाल, कोषाध्यक्षमा रेनु भुसाल खनाल तथा सदस्यहरूमा राजु श्रेष्ठ र दीपक बेल्वासे चयन हुनुभएको छ।

यसैगरी, भेलाले दान बहादुर रायमाझीको अध्यक्षतामा १३ सदस्यीय सन्धिखर्क नगर आप्रवासी सञ्जाल समेत गठन गरेको छ। जसको उपाध्यक्षमा हरि बहादुर कुमाल, सचिवमा नारायण भुसाल, सहसचिवमा दामोदर श्रेष्ठ, कोषाध्यक्षमा मुम प्रसाद श्रेष्ठ रहनुभएको छ भने सदस्यहरूमा बेलबहादुर कुमाल, भविश्वर विश्वकर्मा र विष्णु प्रसाद श्रेष्ठ लगायत रहनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार