मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

युवकलाई छुरा प्रहार गरी हत्या गर्ने युवती पक्राउ

Ujyalosandeshonline 12612+ समाचार ( )
६ श्रावण २०८२, सोमबार

धनुषा । धनुषा प्रहरीले एक जना युवकको छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको बनौटा घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका  ०४ बस्दै आएकी २१ वर्षीया जुली झा रहेकी छन् ।

पक्राउ परेकी झाले महोत्तरीको महोत्तरी गाउँपालिका १ पर्साका ३२ वर्षिय बिमलेश यादवलाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीको आरोप छ । उनीहरुबीच लामो समयदेखि चिनजान र आर्थिक लेनदेन समेत रहेको पाइएको छ । गत शनिबार राति करिब १० बजे जनकपुरधाम उपमहानगरपालिका २३ स्थित रहेको एस पी एण्ड गेस्ट हाउसको कोठा नं. १०२ मा अभियुक्त झा र मृतक यादव बसेका थिए ।

सोही राती करिब ३ बजे मृतक यादव नग्न अवस्थामा होटलको पहिलो तल्लाबाट शरीर भरि काटिएर रगत निस्किरहेको अवस्थामा तल झरेको सिसिटिभी फुटेजमा देखिएको धनुषा प्रहरीको भनाइ छ । त्यस्को केही मिनेटपछि अभियुक्त झा होटलको पछाडि गेटबाट भागेकोसमेत सीसीिटभी फुटेजमा देखिएको जनाइएको छ ।

घटनाको जानकरी प्राप्त भएलगत्तै प्रहरी चौकी जिरोमाइलबाट खटिएको टोलीले छटपटाइरहेको अवस्थामा रहेका यादवलाई एम्बुलेन्समा राखी अस्पताल पुर्याएका थिए । तर यादवको आइतबार बिहान ७ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ । 

धनुषा प्रहरीले अभियुक्त जुली झालाई आइतबार १२ बजे धनुषाबाट महोत्तरीको परौल स्थानतर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै