मुख्य समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव |

मर्चवारका युवाहरुद्वारा मन्दिरमा सरसफाई र विभिन्न सामाग्री हस्तान्तरण

Ujyalosandeshonline 12337+ समाचार ( )
२२ कार्तिक २०८१, बिहीबार

मर्चवार  । रुपन्देहीको मर्चवार क्षेत्रका युवाहरुद्वारा मर्चवारीदेवी मन्दिर परिसरमा सरसफाई गरी विभिन्न सामान हस्तान्तरण गरेका छन् । कोटहीमाई-६ नकहियाका युवा शिवदास गुप्ताको नेतृत्वमा विभिन्न युवाहरुबाट आर्थिक सहयोग संकलन गरी उक्त सामान हस्तन्तरण गरेका हुन् ।

कोटहीमाई गाउँपालिकामा कार्यरत कर्मचारी समेत रहेका गुप्ताले साामाजिक भावले आएको रकम सामाजिक कार्यमा नै लगाएको बताए । उनले भने ‘मर्चवारीदेवी मन्दिर परिसरमा रहेका हनुमान मुर्तीलाई रंगरोगनको लागि समाजिक संजालमा आर्थिक संकलनको लागि आहवान गरेको थिए । रकम थोरै आयो र मुर्ती रंगरोगन अर्कै निकायबाट हुने भएपछि यसलाई सोही मन्दिरमा लगानी गर्ने उद्देश्यले मर्चवारको विभिन्न युवाहरुको उपस्थितीमा सरसफाई गरी २० वटा डस्टबीन (फोहोर फाल्ने भाँडो), फोहोर संकलन ४० थान बोरा र १० थान कुचो मन्दिरलाई हस्तान्तरण गरेका हौँ ।’

समाजवादी विद्यार्थी युनियन नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राहुल यादवले मर्चवारी मन्दिरको फोहोर ब्यवस्थापन प्रति मन्दिर ब्यवस्थापन समिति सक्रिय हुनुपर्ने बताए । मन्दिरमा भण्डार, मुन्डन, भोज भतेर गर्नेहरुलाई कडा निगरानीका साथ फोहोर ब्यवस्थापन गराउन यादवले आग्रह गरे । समाजिक कार्यमा युवाहरु हाथेमालो गर्न आग्रह गर्दै यादवले सम्पूर्ण जनसमुदायमा छठ् पर्वको शुभकामना ब्यक्त गरेका थिए ।  

कार्यक्रममा उपस्थित रामजीवन यादवले मन्दिर जस्तो पवित्र स्थललाई सफा राख्न हरेक नागरिकको कर्तब्य रहेको बताए । मर्चवारीदेवी मन्दिर मर्चवारकै धरोहर रहेको बताउदै यसको विकास र ब्यवस्थापनको लागि हरेक मर्चवारवासी सहित हरेक सनातनीले सकारात्मक हुनुपर्ने बताए । 

सम्मरीमाई ६ असुरैनाका युवा शिवसरण लोध (कृष्णलाल)ले मन्दिर संगै हरेक टोल बस्ती तथा चौकलाई पनि हामी युवाहरुले फोहोर मुक्त बनाउनमा जुटनुपर्ने बताए । आउने दिनमा अब्यवस्थित फोहोरले समाजको लागि घातक रहेको बताउदै अहिले नै सबै युवाहरुले प्लाष्टिक सहित अन्य फोहोरको उचित ब्यवस्थापन र सार्बजनिक स्थलको नियमित सरसफाई गर्नुपर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार