मुख्य समाचार
युवा उद्यमी तयार पार्न स्टार्टअप अभियान सुरु | मनसुनजन्य विपद्को पूर्वतयारीमा रहन मुख्यमन्त्रीको निर्देशन | वास्तविक लागतभन्दा कम दरमा टेन्डर नहाल्न गुल्मीका निर्माण व्यवसायीलाई आग्रह | धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश | नेपाल प्रहरी श्रीमती संघको वार्षिकोत्सवमा रक्तदान तथा वृक्षारोपण | राष्ट्रियसभाः स्वास्थ्य बिमा तथा किसानका समस्यामा ध्यानाकर्षण | महिनावारी स्वास्थ्य शिक्षालाई नीतिगत प्रबन्ध गर्न माग | रुपन्देहीको शुद्धोधनमा नयाँ शिवलिङ स्थापना | पाङसिङ भिरमा सडक निर्माण |

जुम्लामा १० जनाको उम्मेदवारी

Ujyalosandeshonline 11946+ समाचार ( )
७ माघ २०८२, मङ्गलबार

जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा १० जनाको उम्मेदवारी परेको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक स्वतन्त्रसहित १० जनाले उम्मेदारी दर्ता गराउनुभएको सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले जानकारी दिनुभयो ।

नेकपा (एमाले)बाट शान्तिलाल महत, नेपाली कांग्रेसबाट दीपबहादुर शाही, नेपाली कम्युनिस्ट पार्टी (नेकपा ) बाट  नरेश भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विनिता कठायत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ज्ञानबहादुर शाहीले उम्मेदवारी दर्ता गराउनुभएको सहायक निर्वाचन अधिकृत तिमिल्सेनाले बताउनुभयो । 

यसैगरी नेपाल मजदुर किसान पार्टी  (नेमकिपा) बाट बिर्खबहादुर रावत, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट मनऋषि धिताल, नेपाल जनता पार्टीबाट रनिल बिक्रम शाही र नेकपा (माओवादी)बाट बिर्खबहादुर शाहीले उम्मेदवारी दिँदा  भक्त बहादुर रावलले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार