मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

जेलमा र बाहिर रहेकासहकारी सञ्चालकहरुलाई एकसाथ सोधपुछ गरिने

Ujyalosandeshonline 12548+ समाचार ( )
२१ श्रावण २०८१, सोमबार

काठमाडौं । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले प्रतिवेदन प्रारुपको संरचनागत प्रस्तावका बारेमा छलफल गरेर पारित गरेको छ । 

सोमबार सिंहदरबारमा बसेको बैठकमा २८ औं बैठकले प्रतिवेदनको प्रारुपको संरचनागत प्रस्तावका बारेमा छलफल गरेर पारित गरेको र प्रतिवेदनको मस्यौदाको काम पनि अगाडि बढाउने सभापति सूर्य बहादुर थापाले जानकारी दिए । 

उनले भने,‘हामीले प्रतिवेदनको प्रारुपमा बारेमा संरचनागत प्रस्तावमाथि छलफल गरेर पारित गरेका छौ । अब प्रतिवेदनको मस्यौदाको काम अगाडि बढ्छ । प्रतिवेदनमा कार्यादेशमा उल्लेख भएका बुँदाहरु अनुसार तथ्य विश्लेषणको कामसँगै अगाडि बढाउने छौं ।’ 

उनले सचिवालयबाट प्रतिवेदनको विषयवस्तुसहितको आउटलाइन बैठककमा प्रस्तुत भएको र त्यसमा सांसदहरुले आफ्नो धारणा राखेको पनि जानकारी दिए ।

उनका अुनसार बैठकले सहकारी सञ्चालक जेलमा र बाहिर रहेकाहरुलाई सोधपुछको काम पनि सँगै अघि बढाउने र त्यसको लागि प्रश्नको प्रारुप तयार गर्ने, सोधपुछ बन्दोवस्तको लागि गृह मन्त्रालय र सम्बन्धित निकायलाई समन्वय गर्ने भन्नेबारे पनि छलफल भएको छ । 

‘सचिवालयबाट प्रतिवेदनको विषयवस्तु सहितको आउटलाइन बैठककमा प्रस्तुत भएको छ । त्यसमा माननीयज्यूहरुले आफ्नो आफ्नो धारणा राख्नुभएको छ,’ उनले भने, ‘प्रतिवेदन मस्यौदाको काम सँगसँगै अगाडि बढाउने र अनुसुचि १ र २ सँग सम्बन्धित सहकारी सञ्चालक जेलमा र बाहिर रहेकाहरुलाई सोधपुछको काम पनि सँगै बढाउने छौं । त्यसको लागि प्रश्नको प्रारुप तयार गर्ने र सोधपुछ बन्दोवस्तको लागि गृह मन्त्रालय र सम्बन्धित निकायलाई समन्वय गर्ने छलफल गरेका छौं’उनले भने । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार