भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकामा सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउन शुरु गरिएको छ ।पहिलो चरणमा ओमसतिया वडा नं १ र २ भित्र सडकमा कुकुरहरुको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो ।
बुधवार ओमसतिया गाउँपालिकाको आयोजना र प्रविधीक तथा अनुशान्धनका लागि युवासँगको सहकार्यमा २ दिने अभियान शुरु भएको हो ।सामुदायिक कुकुरको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनीकरण गर्न सामुदायिक कुकुरको बन्ध्याकरणका लागि शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले बताए ।
पशु शाखाका प्रमुख चक्रपाणी गैरेले २ दिनसम्म चल्ने कार्यक्रममा ओमसतिया वडा नं १ र २ का सबै गाउँहरुबाट कुकुर संकलन गरि तीनको बन्ध्याकरण गरीने बताए ।
कार्यक्रममा वडा नं १ का वडाअध्यक्ष बेलबहादुर बराल मगर ,वडा नं २ का वडाअध्यक्ष सितल जिटी , वडा सदस्य सुधा हरिजन , विक्रम यादव , कलाधर लम्म्साल ,शिक्षा शाखा प्रमुख हरि पोखरेल लगायतको उपस्थिती रहेको थियो ।