मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

अर्थमन्त्रीको आग्रह– ‘मन्त्रीलाई भाषण गर्न नबोलाइदिनुस्, काम गर्न दबाब दिनुस्’

Ujyalosandeshonline 12461+ समाचार ( )
११ भाद्र २०८१, मङ्गलबार

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रीहरूलाई भाषणमा समय व्यतित गर्नुभन्दा काम गर्न दबाब दिन नीजि क्षेत्रसँग आग्रह गरेका छन् । 

मंगलबार काठमाडौंको भृकुटिमण्डपमा नाडा अटो सो, २०२४को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले काम गर्ने की भाषण गर्ने भन्ने असहजता मन्त्रीहरूलाई हुने गरेको भन्दै मन्त्रीले सुन्नैपर्ने र आउनैपर्ने बाहेकका कार्यक्रममा बोलाउनुभन्दा काम गर्ने वातापरण बनाइदिन आग्रह गरे । 

उनले भने, मन्त्रीलाई एउटा अप्ठेरो हँुदो रहेछ, काम गर्ने कि भाषण गर्ने ? अहिले मन्त्रीहरुलाई भाषण नभई काम गरेर समयको उपयोग गर्नुपर्छ भन्ने लाग्छ । तर के नीजि क्षेत्रका छाता संगठनहरु छन् । उहाँहरुले महत्वका साथ बोलाउनुहुन्छ । न आउँ यथोचित आधार मर्यादा भएन भन्ने लाग्छ । आउँ समय भाषण गर्नमा व्यतित हुन्छ । त्यसकारण अर्थमन्त्रीले सुन्नेपर्ने, गर्नैपर्ने र आउनै पर्ने बाहेकका काम गर, भाषण कम गर भनि सहजिकरण गरिदिनहुन सादर अनुरोध गर्दछु ।’

बोलाएको कार्यक्रममा नजाँदा यथोचित मर्यादा र आदर नभएको गुनासो आउने भन्दै कार्यक्रममा बोलाउने भन्दा काम गर्न, नीति नियम बनाउने काममा लाग्न दबाब दिन नीजि क्षेत्रलाई सुझाए । त्यस्तै, उनले नीतिगत स्थिरता सुरक्षित गर्ने हिसाबले वर्तमान सरकार अघि बढेको दाबी गरे । 

‘अहिले बनेको सरकार संसदले बनाउने सबैभन्दा स्थिर सरकार हो । यो सरकारको स्थिरताले नीतिगत स्थिरताको एउटा बलियो आधार दिएको छ । त्यसैले हामीले नीतिगत स्थिरताको जुन डिमाण्ड छ, सरकारले जायज भन्छ । यो सरकार सबै नेपालीको हो ।’उनको भनाइ थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार