मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

मृतकका आफन्त भेट्न पर्यटनमन्त्री पाण्डे अस्पतालमा

Ujyalosandeshonline 11005+ समाचार ( )
१० श्रावण २०८१, बिहीबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुगेर सौर्य एयरलाइन्स विमान दुर्घटनामा परी मृत्यु भएका आफन्तहरुसँग भेटेका छन् ।

विहीबार अपरान्ह अस्पताल पुगेका मन्त्री पाण्डेले मृतकका परिवारलाई भेटेर पोष्टमार्टम, क्षतिपूर्तिको प्रक्रिया, विमा दाबीलगायतका विषयमा छलफल गरेका हुन् । उनले मृतकका परिवारलाई कुनै किसिमको झन्झट नदिइ सहज रुपमा प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पोखराका लागि ११ः११ बजे उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई सिआरजे—७ को विमान विमानस्थलको परिसरभित्रै दुर्घटना परेको थियो । दुर्घटनालगत्तै मन्त्री पाण्डे घटनास्थल पुगेका थिए ।

उनले जहाजका क्याप्टेन मनिषरत्न शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा पुगेर स्वास्थ्य अवस्था बारे जानकारी पनि लिएका थिए । दुर्घटनामा परी १८ जनाको मृत्यु र एक जना गम्भीर घाइते भएका छन् ।

त्यस्तै पाण्डेले विमान दुर्घटनाको बारेमा प्रभावकारी कार्यान्वयनको बाटो तय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको बैठकमा उनले घटनाको निचोड निस्कने हिसाबले अध्ययन गर्ने भन्दै प्राप्त प्रतिवेदनको कार्यान्वयन पनि प्रभावकारी रुपमा गर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै