अर्घाखाँची । सराए नाच अर्घाखाँचीको मौलीक नाच हो । यस नाचमा महिला र पुरुषहरु हातमा तरवार खुडा लिएर ‘’वाखै भाइ हो’’ भन्दै सराए नाच्ने गर्दछन् । बर्षे दशै अर्थात बडा दशैमा जिल्लाका अधिकांश शक्तिपिठमा नाचिने सराए नाच चैते दशैमा पनि केहि स्थानमा नाच्ने गरिन्छ ।
हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सबै समुदायबीच धार्मिक तथा जातीय सदभाव कायम गरी भाइचारा अभिबृद्धिका लागि सराए नाच नाच्ने प्रचलन पराम्परा देखि चलिआएको छ । हिन्दूहरुको महान पर्व चतै दशैमा नाचिने सराए नाच चैत शुक्ल द्वादशीको दिन सोमबार अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको ढिकुरा स्थित तरबार खुडा र हतियार प्रदर्शन गरि नाचिने यो नाचले देवी खुसी हुने बिस्वास रहेको सत्यवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पप्पु खासु मगरले बताए ।
असोज शुक्ल दशमीमा मनाईने बडा दशैंमा जिल्लाका अधिकांश शक्तिपिठमा नाचिने सराए नाच चैते दशैंमा भने कुनै कुनै स्थानमा मात्रै नाचिने स्थानीय दिपक खासुले बताए । बडा दशैमा जिल्लाका अर्घा, सन्धिखर्क, खाँची, नुवाकोट, ठाडा लगायत देवीका मन्दिर तथा शक्ति पिठहरुमा यो नाच नाच्ने गरिन्छ भने चैते दशैमा गौचोर सहित अर्घातोष र सेंगलेंगको मन्दिरमा नाच्ने गरिन्छ ।