मुख्य समाचार
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल | पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध | चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन | विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी | भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता | नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित | सडक सुरक्षामा ध्यान दिन प्रहरीको आग्रह | भैरहवामा लगानीकर्ता सचेतना तथा पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न | नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू | कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने |

विद्युतीय व्यापार विधेयक २० वर्षसम्म काम गर्ने गरि पारित गर्छौ : सभापति

Ujyalosandeshonline 12490+ समाचार ( )
१६ श्रावण २०८१, बुधवार

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक संशोधनको लागि छलफल सुरु गरेको बताएका छन् । बुधबार सिंहदरबारमा भएको विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ताहरुसँगको छलफलमा उनले चार जना मन्त्रीहरुसँग २० वर्षसम्म परिमार्जन नगरी विधेयकले काम गर्ने गरी संशोधन गर्ने बारे छलफल भएको बताए । 

उनले भने, ‘आज चार जना मान्य ज्युहरुसँग पनि छलफल भएको छ । आ–आफ्नो धारणा उहाँहरुले राख्नुभएको छ । कम्तीमा २० वर्षसम्म यो विधेयकले काम गरोस, परिमार्जन गर्न नपरोस् भनेर मन्त्री ज्युहरुले पनि धारणा राख्नुभएको छ । हामीले व्यापक छलफल गरेर सकेसम्म छिटो सम्पूर्ण सरोकारवालाहरुसँग बसेर उहाँहरुको धारणा सुझावका आधारमा हामीले यो विधेयक प्रतिनिधिसभामा पेश गछौं ।’

उनले जम्मा संशोधनकर्ता २२ जना रहेकोमा आज चार जनासँग छलफल भएको र बाँकी छलफल भोलीदेखि निरन्तर गर्ने जानकारी दिए । उनले अनलाई व्यापारको क्षेत्र व्यापक भएतापनि ग्राहकहरु ठगीने समस्या रहेको बताए । 

उनले भने, ‘अहिले हामीले जुन भौतिक रुपमा काम गरेका छौं । तर त्यो नभएर अनलाईन र इन्टरनेट मार्फत सेवा र वस्तु आफ्नै घरमा उपयोग गर्न पाउँछन् । त्यसैले यसको व्यापाक रुप छ । तर पहिले नै भुक्तानि गर्नुपर्ने हुँदा गुणस्तर सामग्री नआउने जस्ता समस्या भने छन् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार