मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

Ujyalosandeshonline 12321+ समाचार ( )
३१ वैशाख २०८१, सोमबार

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने भएका छन् । सोमबार बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने कार्यसूची छ । 

कोशी प्रदेश सभामा ९३ सांसदमध्ये बहुमत पु¥याउन ४७ सांसद आवश्यक पर्छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै दलका सांसदले उनलाई  विश्वासको मत दिने देखिएको छ भने जसपा नेपालकी सांसद निर्मला लिम्बूले पनि विश्वासको मत दिने बताएकी छन् । 

कांग्रेसले भने प्रदेशसभाको बैठक बहिष्कार गर्ने जनाएको छ । त्यसबारे छलफल गर्न बिहान ८ बजे कांंग्रेस प्रदेशसभा संसदीय दलको बैठक बस्दैछ । आइतबार कार्यसूची तयार गर्न बसेको बैठकमा कांग्रेसले कोशी सरकारबारे अदालतमा मुद्दा विचाराधिन रहेकाले मुख्यमन्त्रीले तत्काल विश्वासको मत लिन नहुने निश्कर्ष निकालेको थियो । अर्को दल राप्रपाले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने या नदिने भन्ने विषयमा निर्णय गरिसकेको छैन । कार्की वैशाख २७ गते तेश्रो पटक मुख्यमन्त्री बनेका हुन् । 

मुख्यमन्त्री नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै तत्कालीन मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सो रिटमा अदालतले निर्णय दिइसकेको छैन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार