मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

लुम्बिनी वल्ड पिस फोरमद्वारा तीन जना पुरस्कृत

Ujyalosandeshonline 11005+ समाचार ( )
९ कार्तिक २०८१, शुक्रबार

काठमाडौं ।  युवाका लागि दिगो शान्ति र सामाजिक उद्यमशीलता सम्बन्धी राष्ट्रिय सम्मेलन तथा राष्टिय पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी वल्ड पिस फोरमको आयोजनामा सम्पन्न कार्यक्रममा संघीय संसद अन्तगर्त प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले युवाका नाममा राजनीति गर्न आउनेले  गलत काम गर्न नहुने बताए ।

उनले युवाहरू कुनै राजनीतिक रंग नदिइ मुलुकलाई अगाडि बढाउन एकताबद्व भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका व्यक्तिलाई पुरस्कार वितरण गरिएको थियो । 

पुरस्कृत हुने व्यक्तिहरूमा मानवअधिकारकर्मी एम्नेष्टी इन्टरनेसनल नेपालका पुर्व अध्यक्ष एवं पत्रकार राजन कुईकेल, युवा अभियान्ता एवं नेपाल युवा परिषद्का अध्यक्ष सरोज बानियाँ र नेपाल युवा संस्था सन्जाल (आयोन)अध्यक्ष सुजता बराल रहेका छन् ।  

पुरस्कार वितरणका लागि संस्थाले तीन सदस्यीय छनोट समिति गठन गरिएको थियो । समितिमा रक्षा नेपालकी अध्यक्ष मेनुका थापा, ग्लोबल युथ पालिर्यामेन्टका अध्यक्ष दिवाकर अर्याल र पत्रकार एवं अनुसन्धानकर्ता गोविन्द मरासिनी रहेका थिए । 

कार्यक्रममा छनोट समितिका सदस्य अर्यालले युवाको मापदण्ड उमेर मात्र नभई समाजप्रतिको योगदान मुख्य कुरा भएको भन्दै सम्पूर्ण युवालाई देश र जनताप्रति समपिर्त भएर अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा लुम्बिनी वल्ड पिस फोरमका अध्यक्ष बासु गौतमले युवालाई सामाजिक उधमशीलतामा युवा शक्तिले चासो दिनुपर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार