मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

सवारी चापका कारण नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम प्रभावित

Ujyalosandeshonline 12441+ समाचार ( )
२९ असार २०८२, आइतबार

काठमाडौं । नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम सवारी चापका कारण प्रभवित बन्न पुगेको छ ।यस सडक खण्डमा आवातजावत गर्ने करिब १५ हजारभन्दा बढि सवारी साधनहरुलाई व्यवस्थापन गरेर निर्माण गर्न समस्या भईरहेको नागढुङ्गा–मुग्लिन सडक योजना पूर्वी खण्डका योजना प्रमुख केशव प्रसाद ओझाले जानकारी दिएका छन् ।

यो सडक खण्डमा डाइभर्सन पनि नभएको र काठमाडौं जोड्ने सडक वीपि र कान्ति राजमार्गहरुले पनि सोचेको जस्तो सहयोग नगरेको हुदाँ सवारी चापका कारण सडक निर्माणको कामले तिव्रता लिन नसकेको उनको भनाई छ ।

‘हालको अवस्थामा निर्माण सामग्रीको समस्या प्रमुख छ भने दोस्रोमा करिब १५ हजारभन्दा बढि सवारी साधनहरुलाई व्यवस्थापन गरेर निर्माण गर्न पनि समस्या भईरहेको छ । यसको डाइभर्सन पनि नरहेको र काठमाडौं जोड्ने सडक वीपि राजमार्ग, कान्ति राजमार्गहरुले पनि हामीले सोचेको जस्तो सहयोग नगरेको हुदाँ सबै सवारी चाप यही सडकमा परेको छ,’ उनले भने ।

यस्तै, उनले दिनमा ८ घण्टा काम गर्ने समय पनि नपाएको भन्दै यसलाई समाधान गर्ने हो भने काम तिव्र रुपमा अगाडि बढ्ने बताए । उनले भने, ‘यसले गर्दा हामीले दैनिक ८ घण्टा काम गर्ने समय पनि पाइरहेका छैनौ । यसले गर्दा पनि सोचे अनुसार प्रगती गर्न सकेका छैनौ । काम गर्न पनि चुनौती भएको छ ।

यसको लागि हामीले सवारी धनी, जिल्ला प्रशासन र ट्राफिकहरुसँग समन्वय गरेर गाडीको चाप कम हुने समयमा निर्माण कार्यलाई तिव्रता दिने काममा लागेका छौ ।’ उनले अबको एक वर्षभित्र बाँकी २७ किलोमिटर पहिलो तहको कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखेका पनि जानकारी दिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार