मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

न्यूयोर्कको जिल्ला अदालतमा भारतीय मूलका न्यायाधीश नियुक्त

Ujyalosandeshonline 12461+ समाचार ( )
२७ माघ २०८०, शनिबार

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले न्यूयोर्कको पूर्वी जिल्ला अदालतका लागि भारतीय मूलका न्यायाधीशलाई मनोनयन गरेका छन् । बाइडेनले भारतीय मूलका न्यायाधीश संकेत जयसुख बुलसारालाई मनोनीत गरेका हुन् । 

न्युयोर्कको जिल्ला अदालतमा सेवा गर्ने बुलसारा धितोपत्र, सम्झौता, दिवालियापन र नियामक मामिलाहरूमा विशेषज्ञ छन् । ४६ वर्षीया बुलसारा सन् २०१७ देखि न्युयोर्कको पूर्वी जिल्लामा अमेरिकी मजिस्ट्रेट न्यायाधीशको रूपमा कार्यरत छन् । बुल्साराले अमेरिकी अदालतमा नियुक्त हुने पहिलो दक्षिण एसियाली अमेरिकी संघीय न्यायाधीश बन्ने गौरव पनि प्राप्त गरेका छन् ।

जनवरी २०१७ देखि मे २०१७ सम्म, बुल्साराले यूएस सेक्युरिटीज एण्ड एक्सचेन्ज आयोगको कार्यवाहक जनरल काउन्सिल (काउन्सिल) को रूपमा सेवा गरेका थिए ।

उनले २०१५ देखि पुनरावेदन मुद्दा, फैसला र प्रवर्तन कानुनी मामिलाहरू हेर्न थाले । बुलसाराले सन् २००२ देखि २००३ सम्म न्युयोर्कको दक्षिणी जिल्लाको अपील अदालतमा न्यायाधीश जोन जी कोएल्टलको क्लर्कको रूपमा पनि काम गरेका थिए ।

बुल्साराको जन्म न्यू रोशेलमा भएको थियो । उनका बाबुआमा पचास वर्षअघि यहाँ आएर बसेका थिए । उनका बुबाले न्यूयोर्क शहरमा इन्जिनियरको रूपमा काम गरे । उनकी आमा नर्स थिइन् ।  हाल, बुलसारा आफ्नी श्रीमती क्रिस्टिन डेलोरेन्जोसँग लङ आइल्याण्ड शहरमा बस्छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार