मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

१६ वटा मोटरसाइकल गौर भन्सारमा बुझाइयो

Ujyalosandeshonline 11005+ समाचार ( )
२९ माघ २०८१, मङ्गलबार

रौतहट । रौतहट प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको १६ वटा मोटरसाइकललाई गौर भन्सार कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएका प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरुमा गरिएका सवारीसाधनहरुको चेकजाँचको क्रममा कागजातहरु नभएका मोटरसाइकललाई बरामद गरेको थियो ।

जिल्लाको विभिन्न स्थानमा गरिएको चेकजाँचको क्रममा बिना कागजातको १६ वटा मोटरसाइकललाई बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपक कुमार रायले जानकारी दिए ।

उनका अनुसार बरामद गरिएका मोटरसाइकललाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको हो । पटक पटक सवारी साधनका धनीलाई कागजातहरु ल्याउन भनिएपनि कागजातहरु उपलब्ध नगराउदा उक्त साधनहरु आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गराइएको उनले बताए ।

१६ थान मोटरसाइकलको करिव १२ लाख मूल्याकन गरिएको उनले जानकारी दिए । माघ १ गतेदेखि जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएका प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरुमा सवारीसाधनहरुको चेकजाँच गरेको रौतहट प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार