मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

पर्यटकको संख्या बढाउन अयोध्यालाई जनकपुरधामसंग जोड्न आवश्यक : मुख्यमन्त्री सिंह

Ujyalosandeshonline 11768+ समाचार ( )
२५ असार २०८२, बुधवार

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यस क्षेत्रमा थप पर्यटक भित्र्याउन अयोध्यालाई जनकपुरधामसंग जोड्न आवश्यक रहेको बताएका छन् ।

जनकपुरधाममा आयोजित स्थानिय सरकार, मधेश प्रदेश सरकार, पर्यटन व्यवसायी र सरोकारवाला बीच पर्यटन प्रचार प्रसार तथा अन्तरक्रिया कार्यक्रमको समापन सत्रमा बोल्दै मुख्यमन्त्री सिंहले अयोध्याको राममन्दिरमा दर्शन गर्न आउने श्रद्धालु र पर्यटकहरुमध्ये १० प्रतिसत पर्यटकलाईमात्र जनकपुरधाम ल्याउन सक्ने वातावरण निर्माण गर्न सकिए नेपालमा भित्रिने कुल पर्यटकको संख्या भन्दा बढि पर्यटक मधेश प्रदेशमा आउने बताए ।

उनले यसका लागि प्रचार प्रसारमा विशेष ध्यान दिन आवश्यक रहेको बताए । मुख्यमन्त्री सिंहले जनकपुरधाम आउने पर्यटकहरुलाई कम्तिमा ५ दिनसम्म मधेश प्रदेशका सम्पूर्ण पर्यटकीय स्थलहरु घुमाउने गरी प्याकेज बनाएर राख्नु पर्ने बताए ।

मुख्यमन्त्री सिंहले भारतीय नागरिकहरुलाई भन्सार तिर्न डिजिटल प्रणालीको व्यवस्था  गर्नुपर्ने सरकारसंग माग गरे । भारतीय पर्यटकहरुको सहजताका लागि डिजिटल माध्यमबाट नेपालको जुनसुकै कुनाबाट आफ्नो सवारी साधनको भन्सात तिरेर थप केही दिन नेपाल घुम्न सक्ने किसिमको सुविधा सरकारले ल्याउनु पर्ने मुख्यमन्त्री सिंहले उल्लेख गरे ।

त्यस्तै, मुख्यमन्त्री सिंहले धनुषाधाममा रामायणमा चर्चा भएका १३६ वटा बोट विरुवाहरुलाई एकै ठाउमा राखेर धनुषाको धनुषाधाममा रामायणवाटिका निर्माण गर्न लागेको जानकारी समेत दिए ।कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका पदाधिकारी, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका पदाधिकारी, होटल व्यवसायी, मधेश प्रदेशका ८ वटै जिल्लाका पत्रकार महासंघका पदाधिकारी, विभिन्न पर्यटन क्षेत्रमा कार्यरत्त व्यक्ति विशेषहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार