मुख्य समाचार
कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी |

अर्घाखाँचीमा इम्बोस्ड नम्बर प्लेटको विरोधमा प्रदर्शन

अनिल नेपाली 141+ समाचार ( )
९ भाद्र २०८२, सोमबार

अर्घाखाँची । सरकारले सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न निर्देशन दिएपछि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सोमबार बिहान त्यसको विरोधमा प्रदर्शन भएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका-२, भक्तिटोला चोकमा स्वतन्त्र युवा नागरिकहरुको आयोजनामा विरोध कार्यक्रम सम्पन्न भएको हो ।

प्रदर्शनका क्रममा सहभागीहरुले "इम्बोस्ड नम्बर सिस्टम चाहिँदैन", "नागरिक लुट्न पाइँदैन", "इम्बोस्ड सिस्टम खारेज गर" र "नेपाली भाषा मेट्न पाइँदैन" जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी हेमराज भुसालले इम्बोस्ड नम्बर प्रणालीले नागरिकमा पार्ने असर र यसको विरोध गर्नुको कारणबारे प्रकाश पारेका थिए । स्वतन्त्र पत्रकार अर्घाखाँचीका अध्यक्ष गुरुदेव खनालको समन्वयमा भएको उक्त कार्यक्रममा यातायात व्यवसायी तथा अन्य क्षेत्रका अगुवाहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार