मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

प्रधानमन्त्री दाहालले एक्सन रुमबाट हेरे सडक निर्माण, भन्छन्– ‘सन्तुष्ट हुन सकिएन’

Ujyalosandeshonline 12342+ समाचार ( )
२ पौष २०८०, सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणगढ–मुग्लिन–पोखरा सडक निर्माणमा ढिला भएको भन्दै असन्तुष्टि जनाएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको एक्सन रूमबाट सोमबार अपरान्ह निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको भर्चुअल निरीक्षण गरेका उनले काम ढिला र गुणस्तरको नभएको भन्दै असन्तुष्टि पोखे । 

उनले भने, ‘हाम्रा परियोजनाहरू भनेजस्तो गरी अगाडि  बढेनन् र जनताले महसुस गर्नेगरी कामको प्रगति भएन । यसबाट सन्तुष्ट हुन सक्ने अवस्था देखिँदैन । यसतर्फ हाम्रो भूमिका गुणात्मक रूपले बढाउनुपर्छ ।’

सडकका लागि निर्माण सामग्री समयमै उपलब्धताको लागि सम्बन्धित निकायमा जानकारी आए सानातिना समस्या समाधान गर्न सकिने भन्दै उनले नियमित प्रतिवेदन दिनुपर्ने बताए । 

उनले भने, ‘गिट्टी, बालुवा ढुंगा, विद्युतका सानातिना समस्याहरू समाधान गर्ने कुरा हाम्रो काबुमा छ, त्यो हाम्रो जिम्मेवारी पनि हो,’ उनले भने, ‘फिल्डका कार्यालयले समयमै सम्बन्धित ठाउँमा नियमित प्रतिवेदन गर्नुप¥यो । समयमै कुरा आए समाधान गर्न सजिलो हुन्छ । दिनहुँ जनताले समस्या भोग्नुपर्ने समस्या अन्त्य हुनपर्छ ।’

प्रधानमन्त्री दाहालले समयमै दुई परियोजनाको काम सम्पन्न हुनुपर्नेमा जोड दिदै  फिल्डमै निरीक्षण गर्न जाने समेत उल्लेख गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘अब परियोजनामा माइलस्टोन सूचकका आधारमा प्रगति हुनुपर्छ । तोकिएको समयमा नै काम सकिनुपर्छ । यी कारणले काम भएन भन्न पाइने छैन, यी दुई प्रोजेक्ट महत्वपूर्ण छन् । समयमै सकिनुपर्छ । म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु, अब धेरै समय विकासका कामलाई दिन्छु,’ प्रधानमन्त्री दाहालले भने । जनतालाई काम गरेर देखाउने आफ्नो अन्तिम अवसर नै यही कार्यकाल रहेको उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार