मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

मर्चवारमा सुरु भयो वडाध्यक्ष कप क्रिकेट, १४ वटा टोली सहभागी

जैसमोहम्मद खान 76+ समाचार ( )
२ पौष २०८२, बुधवार

मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ स्थित दुईमोहानमा 'स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल' भन्ने मूल नारासहित प्रथम वडाध्यक्ष कप क्रिकेट प्रतियोगिताको औपचारिक शुभारम्भ गरिएको छ । युवाहरूको शारीरिक तन्दुरुस्ती, अनुशासन र सामाजिक एकता अभिवृद्धि गर्ने उद्देश्यले बुधबार सुरु भएको यस प्रतियोगितामा वडाभित्रका १४ वटा टोलीले सहभागिता जनाएका छन् भने खेलहरू १२ ओभरमा खेलाइने वडाध्यक्ष राजेश गुप्ताले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले मानव जीवनमा खेलकुद र पोषणको महत्त्वबारे चर्चा गर्दै बदलिँदो समयसँगै क्रिकेट युवाहरूमाझ लोकप्रिय बनेको बताउनुभयो । प्रतियोगितामा प्रथम हुने टोलीलाई ३५ हजार र द्वितीय हुनेलाई २२ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ ले ५ सय रुपैयाँ पाउनेछन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अजय मिश्र लगायत अन्य वक्ताहरूले खेलकुदमार्फत मर्चवार क्षेत्रको प्रतिभा उजागर गर्दै ठाउँको पहिचान स्थापित गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार