मुख्य समाचार
सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराई प्रशंसापत्रसहित सम्मानित | बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा | रास्वपा रोहिणी-४ मा टोल समिति गठन, सभापतिमा नागेश्वर कुर्मी | मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो | ‘लुम्बिनी प्रदेशको पर्यटन अर्थतन्त्रको मेरुदण्ड’ | सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की | सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत | साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज | कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा |

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै

Ujyalosandeshonline 12122+ समाचार ( )
११ फाल्गुन २०८०, शुक्रबार

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बोलाइएको छ। बिहीबारको बैठकमा उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले  ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको थियो। तर, बैठक सञ्चालनका लागि आवश्यक गणपुरक संख्या नपुगे पछि बैठक आजसम्मका लागि स्थगित भएको हो। 

यस्तै,आजको सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर बैठकमा  सुनाउने छन भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले राष्ट्रिय सभामा उत्पति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८० पेस गर्ने तयारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । 

अर्थ मन्त्री प्रकाशशरण महतले भन्सार विधेयक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव पनि सदनमा प्रस्तुत गर्नेछन् । साथै, बैंकिङ कसुर तथा सजाय (दोस्रो संसोधन) विधेयक २०८० लाई दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

यसैगरी राष्ट्रिय सभाको बैठक पनि आज पनि बस्दैछ। बैठक बिहान ११ बजे बोलाइएको छ। आजको बैठकमा दिलकुमारी थापाले ‘मौलिक हक कार्यान्वयनको लागि बन्न बाँकी कानुन २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नु पर्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछिन्। अर्थमन्त्री प्रकाशशरण महतले ‘सुरक्षित कारोबार (पहिलो संसोधन) विधेयक, २०८०’ लाई पनि सभा समक्ष पेस गर्नेछन्। 

यस्तै, कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘विधायन ब्यवस्थापन समितिको प्रतिवेदनसहित विधायन सम्बन्धी विधेयक २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नेछन् भने, आजै सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव समेत पेस गर्ने तयारी रहेको महासचिव पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार