मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

तुलसीपुर रोयल्सल ३९ रनले विजयी

Ujyalosandeshonline 11004+ समाचार ( )
१७ फाल्गुन २०८०, बिहीबार

घोराही । दाङको घोराहीमा जारी नेपाल टेलिकम दाङ क्रिकेट लिग    (डिसिएल) अन्तर्गत बिहीबार सम्पन्न पहिलो खेलमा तुलसीपुर रोयल्सले देउखुरी वारियर्सलाई ३९ रनले पराजित  गरेको छ । यो तुलसीपुर रोयल्सको दास्रो जित हो ।

इस हारसँगै एक खेल खेल्न बाँकी रहँदै देउखुरीको फाइनल पुग्ने सम्भावना समाप्त भएको छ ।

घोराही क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा तुलसीपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको देउखुरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०० रन मात्र बनाउन सक्यो ।

लक्ष्य पछ्याउने क्रममा देउखुरीका नारायण जोशीले सर्वाधिक ३० रन योगदान दिए भने प्रज्वल थापाले १४ तथा आशिष वलीले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

तुलसीपुरको बलिङमा भुवन कार्की, अमर सिंह रौटेला र दिवान पुनले समान २ विकेट लिए। रुपेश सिंह र नवीन विकले १÷१ विकेट लिए ।

अलराउण्ड प्रदर्शन गरेका रुपेश सिंह खेलको प्लेयर अफ द म्याच घोषित भए ।

यस अघि टस जितेर ब्याटिङ गरेको तुलसीपुर रोयल्सले २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनायो । तुलसीपुरको लागि रुपेश सिंहले सर्वाधिक ४३ रन बनाए जुन क्रममा उनले २९ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै विराट सिंह भण्डारीले ३५ बलमा ६ चौका मद्दतले ३० रन बनाए। दिवान पुनले १५, अमर सिंह रौटेलाले ११ तथा भुवन कार्कीले १० रनको योगदान दिए ।

बलिङतर्फ देउखुरी वारियर्सको लागि सुभम खनालले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २४ रन खर्चिए ।  आशिश ओलीले २ तथा आवाज गौतमले १ विकेट लिए ।

 तिन वटै खेलमा जितपछि तुलसीपुरले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

अंक तालिकाको शीर्षमा रहेको तुलसीपुरको ६ अंक छ । ४ अंकसहित २ खेल खेल्न बाँकी रहेको घोराही दोस्रो स्थानमा छ ।

२ अंकसहित पुरनधारा च्यालेन्जर्स दोस्रो तथा समान अंक सहित नेट रन रेटमा पछि रहेको दंगाली लायन्स चौथो स्थानमा छ । तिन वटै खेलमा पराजित देउखुरी वारियर्स पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार