मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

यस पटक पनि दलितबाट मन्त्री बनाउँछौं : ओली

Ujyalosandeshonline 11768+ समाचार ( )
८ चैत्र २०८०, बिहीबार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले यस पटक पनि दलित समुदायबाट एक जना मन्त्री बनाउने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार काठमाडौंमा ५९ औं अन्तर्राष्ट्रिय जातिय विभेद तथा रंगभेद उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले बिगतमा पनि पार्टीले दलित समुदायबाट मन्त्री बनाउँदै आएको यस पटक पनि निरन्तरता दिने बताएका हुन् ।

‘अहिले महिलाहरूको उत्थान जागरण धेरै भएको छ र सशक्त भएका छन् । विभिन्न ठाउँमा जिम्मेवारी लिएका छन्,’ उनले भने । महिला, दलित र पछाडि पारिएका समुदायका विषमयमा आफ्नो दल संवेदनशील रहेको दाबी उनले गरे ।

‘अत्यन्तै संवेदनशील हुँदा यस्तो विषय कहिले कहिले मन्त्री किन भएन भन्ने हुन्छ । यस पटक पनि मन्त्री हुन्छ, एउटा ठाउँ छ त्यहाँ । दलितबाछ यस पटक पनि मन्त्री हुन्छ । पहिले पहिले पनि मन्त्री हुने गरेको छ । तर, सबै जाति सबै समुदायबाट सबै सधैं नपर्न पनि सक्छन् । सबैलाई एकैपटक सम्बोधन गर्न सकिँदैन,’ उनले भने, ‘पार्टीको माथिल्लो कमिटीमा छविलाल विश्वकर्मा हुनुहुन्छ । उहाँ पटक पटक मन्त्री पनि हुनुभएको छ । अहिले सुदूरपश्चिम प्रदेश इन्चार्ज पनि हुनुहुन्छ । हाम्रो पार्टीमा साथीहरूलाई जिम्मेवारी दिने काम कुनै ध्यान पुगेको छैन भन्ने ठाउँ छैन ।’

उनले आफूहरू सामाजिक न्याय र समानताको पक्षमा रहेको भन्दै कुनै पनि समुदाय पछाडि छाडिन नहुने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार