मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

रुपन्देहीका ५९ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

Ujyalosandeshonline 12537+ समाचार ( )
६ माघ २०८१, आइतबार

भैरहवा । रुपन्देहीमा ५९ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस ‘एचपीभी’ खोप लगाइने भएको छ । आगामी माघ २२ देखि पहिलो चरणमा र दोस्रो चरण फागुन १ गते देखी सञ्चालन हुने स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त कार्यालय प्रमुख चिन्ता मणि ज्ञवालीले जानकारी दिए ।

खोप अभियान अन्तर्गत विद्यालयमै पुगेर कक्षा ६ देखि १० कक्षामा अध्ययनरत किशोरीलाई उक्त खोप लगाइने उनले बताए । विद्यालयबाहिरका १० देखि १४ वर्षमुनीका किशोरीलाई पनि खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । कार्यालयका अनुसार खोप कार्यक्रम सञ्चालनका लागि पुस २५ देखि माघ ९ गतेसम्म जिल्लाका १६ स्थानीय तहका स्वास्थ्य संस्था प्रमुखहरुलाई अभिमुखीकरण तालिम सञ्चालन कार्य भइरहेको छ ।

यसपछि शिक्षक, पालिकाका स्रोतव्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, चिकित्सक, अन्य स्वास्थ्य कर्मीहरूलाई तालिम दिने कार्यक्रम कार्यालयको रहेको छ । नेपालमा गरिएका विभिन्न अध्ययनले क्यान्सर रोगको दर र जोखिम दिनानुदिन बढ्दै गएको देखाएको छ । त्यसमा पनि महिलामा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा धेरै हुने गरेको पाइएको छ ।

‘एचपीभी’ भाइरस मुख्यतः संक्रमित व्यक्तिसँगको यौन सम्पर्कका क्रममा संक्रमित व्यक्तिको यौनांग को छाला, झिल्ली वा तरल पदार्थको सम्पर्कमार्फत सर्ने गरेकाले सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार