मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

प्रधानमन्त्री ओलीद्वारा दक्षिण–दक्षिण सहयोगमाथि चार सूत्रीय कार्यदिशा प्रस्तुत

Ujyalosandeshonline 12437+ समाचार ( )
२२ श्रावण २०८२, बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दक्षिण–दक्षिण सहयोगसम्बन्धी मन्त्रीस्तरीय बैठकको उद्घाटन सत्रलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्दै भूमि अवरुद्ध विकासशील मुलुकहरूका लागि दक्षिण–दक्षिण सहयोगलाई समावेशी तथा दिगो विकासको माध्यमका रूपमा अघि बढाउन चारवटा रणनीतिक कार्यदिशा प्रस्तुत गरेका छन् ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले भौगोलिक स्थान कुनै देशको सम्भावनामा बाधक हुनु नहुने बताउँदै प्रविधि र अन्तरजोडिएको विश्वले यसलाई चिर्ने सम्भावना प्रदान गरेको धारणा व्यक्त गरे ।

यस्तै, उनले भूमि अवरुद्ध देशहरू अझै पनि संरचनात्मक समस्याबाट ग्रस्त रहेको, जसलाई हालका विश्वव्यापी संकटहरू – जस्तै भू–राजनीतिक तनाव, खाद्य तथा ऊर्जा असुरक्षा, मुद्रास्फीति र राजस्वको अभावले झनै जटिल बनाएको उल्लेख गरे ।

‘विकास सहयोग राष्ट्रिय प्राथमिकतासँग मेल नखाने अवस्थामा दीर्घकालीन परिणाम हासिल गर्न कठिन हुन्छ,’प्रधानमन्त्री ओलीले भने ।

उनले जलवायु परिवर्तनका असरहरूले भूमि अवरुद्ध राष्ट्रहरूले हासिल गरेका विकास उपलब्धिहरू मेटिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै, वर्तमान संकटमा आशाको झल्को ल्याउने कार्यक्रमको रूपमा ‘अवाजा कार्ययोजना’ लाई उल्लेख गरे ।

दक्षिण–दक्षिण सहयोगको महत्त्वमाथि प्रकाश पार्दै उनले यसले समानता, साझा स्वामित्व र पारस्परिक सम्मानको आधारमा सीप आदान–प्रदान, प्रविधि स्थानान्तरण तथा क्षमता विकासमार्फत आवश्यकतालाई सम्बोधन गर्न सक्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले दक्षिण–दक्षिण सहयोगलाई थप प्रभावकारी बनाउने चार प्रमुख रणनीतिक कार्यहरू यस प्रकार प्रस्ताव गरे :

दक्षिण–दक्षिण तथा त्रिकोणीय सहयोगमार्फत दिगो भौतिक तथा डिजिटल पूर्वाधारमा लगानी गर्दै क्षेत्रीय एकीकरणलाई प्रवद्र्धन गर्नु । व्यापार तथा पारवहन गल्लीहरूको विकास, पूर्वाधारको आधुनिकीकरण र सीमापार व्यापारलाई सहज बनाउने प्रक्रियाको एकरूपता सुनिश्चित गर्नु ।

एलएलडिसिका लागि पूर्वाधार लगानी कोष स्थापना गरी प्राथमिक विकास परियोजनाहरूमा वित्तीय स्रोत जुटाउनु । डिजिटल रुपान्तरणलाई तीव्र गति दिँदै विश्व डिजिटल अर्थतन्त्रमा सार्थक सहभागिता सुनिश्चित गर्नु ।

प्रधानमन्त्री ओलीले दक्षिण–दक्षिण सहयोगलाई साझा प्रगतिका लागि एक गतिशील शक्तिका रूपमा पुनः जागृत गर्न सबैलाई आह्वान गर्दै नेपालले सहकार्य र साझेदारीमार्फत समावेशी तथा दिगो समृद्धिको यात्रा अघि बढाउने प्रतिबद्धता दोहोर्याए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार