मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

घुससहित सब डिभिजन वन कार्यालय सिरहाका प्रमुख यादव पक्राउ

Ujyalosandeshonline 12537+ समाचार ( )
२३ असार २०८३, मङ्गलबार

सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सब डिभिजन वन कार्यालय बन्दीपुर, सिरहाका कार्यालय प्रमुख रामकेवल राय यादवलाई रु १२ हजार घुससहित रंगेहात पक्राउ गरेको छ । आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले यादवलाई कर्जन्हा नगरपालिका–४ स्थित एक स्थानबाट उक्त रकमसहित नियन्त्रणमा लिएको हो ।

कर्जन्हा नगरपालिका–२ मा सञ्चालित एक काठ उद्योगले विभिन्न स्थानबाट ल्याएको तीन ट्रक काठको प्रक्रिया मिलाइदिने बहानामा कार्यालय प्रमुख यादवले प्रतिट्रक रु चार हजारका दरले घुस माग गरेको अख्तियारले जनाएको छ । वन कार्यालयका प्रमुखले घुस माग गरेपछि पीडित उद्योगीले अख्तियारमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा आयोगको टोलीले चलाएको ‘स्टिङ अपरेसन’का क्रममा यादव घुस रकमसहित फेला परेका हुन् । नियन्त्रणमा लिइएका यादवमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार