मुख्य समाचार
दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर | लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी | संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा | पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन | कर्णालीको खाद्य स्वच्छता समुन्नत हुनुपर्छ | पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल | मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित | कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड | हतियार ह्याण्डलिङ तालिम समापन | चाडपर्व सभ्य र मर्यादित रूपमा मनाउन प्रहरीको आग्रह |

सँगै दिक्षित हुने तयारीमा आमा–छोरा

Ujyalosandeshonline 12511+ समाचार ( )
८ पौष २०८१, सोमबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५० औं दिक्षान्त समारोहको तयारी गरिरहेको छ । यही पुस १३ गते हुने दिक्षान्त समारोहका लागि आवेदन दिएका विद्यार्थीहरु आवश्यक पर्ने गाउन, स्कार्फ र टोपीको जोहो गर्न व्यस्त छन् ।

सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्स्कृप्ट लिएका विद्यार्थीहरूले आवेदन फाराम भरेका आधारमा पोशाकको जोहो गरिरहेका छन् । यसै सिलसिलामा सँगै दिक्षित हुने तयारीमा रहेका आमा र छोराले खुशी साटेका छन् ।

उमेरले ५० नाघेकी लक्ष्मी पौडेल क्षेत्री(सिलवाल)र छोरा अभिनव सिलवाल एकसाथ दिक्षित हुने तयारी गरिरहेको सुनाए । ‘म अहिले ५० नाघिसकें । ललितपुरको नमूना मछिन्द्र कलेजबाट प्लसटू र स्नातक पनि त्यहीबाट पास गरेको हुँ । पढाइ छाडेको २० वर्ष भयो । घर परिवार र जिम्मेवारीले गर्दा पढ्न पाएको थिएन । तर अचानक पढाई पूरा गर्ने सोच अनुसार हाललाई त्यो पूरा गरेको छु । र दिक्षान्तको तयारीमा छु,’उनले भनिन्, ‘मैंले मेरा बच्चाहरुसँगै बसेर पढें । परिवारको साथ र सहयोगले पढाइ पुरा गरेर दिक्षित हुने रहर लागेको हो ।’

‘म अहिले औधी खुशी छु । पढाइको यात्रा अहिलेलाई पूरा गरेको छु । मलाई मेरो परिवारबाट पनि धेरै साथ थियो त्यही भएर पनि म आज यहाँ छु । गाउन लागएर छोरासँगै दिक्षित हुने रहर पूरा गर्दैछु,’उनले भनिन् । छोरा अभिनव सिलवालले आफ्नी आमासँगै पढाई पूरा गरेर दिक्षित हुने तयारी गर्न पाउँदा खुशी लागेको सुनाए ।  ‘यो मेरा लागि खुसीको पल हो । आमालाई अझै पढ्नु पर्छ भन्न चाहन्छु,’उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार