मुख्य समाचार
पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न |

भैंसीलाई क्रूरतापूर्वक ओसारपसार गर्ने दुई जना अर्घाखाँचीमा पक्राउ

अनिल नेपाली 141+ समाचार ( )
२९ श्रावण २०८२, बुधवार

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले भैंसीलाई अमानवीय तरिकाले यातना दिई ओसारपसार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका–६ का २३ वर्षीय सरोज पौडेल र रोल्पाको लुङ्ग्री गाउँपालिका–२ का १८ वर्षीय क्रिस बानिया रहेका छन् ।

प्रहरीका अनुसार, सन्धिखर्क नगरपालिका–२ स्थित घोचेखोला भन्ने स्थानमा धारापानीबाट सन्धिखर्कतर्फ आउँदै गरेको लु १ च ३८२६ नम्बरको बोलेरो गाडीलाई रोकेर जाँच गर्दा घटना बाहिर आएको हो । गाडीको पछाडिको ढालामा चारवटा भैंसीलाई अत्यन्तै साँघुरो ठाउँमा कोचेर बाँधिएको र शारीरिक यातना दिएको अवस्थामा फेला पारिएको थियो । प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभए अनुसार, भैंसीहरूलाई बुटवलतर्फ लैजाने तयारी थियो ।

साँघुरो ठाउँमा कोचिएका कारण भैंसीहरू गाडीमा ठोक्किएर घाइते भएका थिए । प्रहरीले तत्कालै गाडी, भैंसी र दुवै व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झलक प्रसाद शर्माका अनुसार, पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध संहिता, २०७४ को पशुपक्षी सम्बन्धी कसूर अन्तर्गत मुद्दा चलाइएको छ । उनीहरूलाई म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार