मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ |

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

रासस 668+ समाचार ( )
१५ कार्तिक २०८२, शनिबार

मध्यविन्दु (नवलपरासी) । निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि बुटवल-नारायणगढ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने खण्ड आज साँझदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो । केही दिनदेखिको वर्षाका कारण हिलो र चिप्लो हुँदा एकतर्फी सञ्चालन भएको सडकमा मालवाहक ट्रक फसेपछि आवगमन ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार दाउन्नेको घ्यू खोला नजिकै मालवाहक ट्रक हिलो सडकमा फस्दा आज साँझदेखि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो ।   

शुक्रबार रातिदेखि दाउन्ने सडक हिलोका कारण चिप्लो भई सवारीसाधन सञ्चालनमा अवरुद्ध हुँदै आएको थियो । गएरातिदेखि सडक एकतर्फी रूपमा सञ्चालन हुँदा जाममा रहेका सयौँ सवारी थप समस्यामा परेका छन् । अहिले पनि दाउन्ने क्षेत्रमा वर्षा भइरहेकाले सडकमा फसेको ट्रक निकाल्न र चिप्लो बाटो मर्मत गर्न समस्या भइरहेको प्रहरी नायब उपरीक्षक नेपालले बताउनुभयो । बुटवल-नारायणगढ सडकखण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा सामान्य वर्षमा पनि सडक अवरुद्ध हुने गरेको छ ।     

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार