मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

असंवैधानिक ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरियो :अध्यक्ष यादव

Ujyalosandeshonline 12611+ समाचार ( )
२६ वैशाख २०८१, बुधवार

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा र नेकपा एसले कांग्रेससँग मिलेर वर्तमान सरकार ढाल्ने भयो भन्ने भ्रमपूर्ण र निराधार हल्ला चलाएको बताएका छन् । 

बुधबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले, आफू बाहिर गएको मौका छोपी निराधार हल्ला चलाएर गैरकानूनी र असंवैधानिक ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरेको बताए । 

उनले भने, ‘म विश्व जनसङख्या विकास सम्मेलनमा भाग लिन संयुक्त राष्ट्रसंघमा गएको मैका छोपेर एउटा हल्ला चलाइयो । जसपा र नेकपा एसले कांग्रेससँग मिलेर यो सरकार ढाल्ने भो भनेर हल्ला चलाइयो । त्यो हल्ला निराधार र कपोकल्पित हल्ला चलाइयो । र निराधार त्यही हल्लालाई कसै कसैले मौका छोपेर पार्टी भित्र महाधिवेशनको तयारी भइरहेको बेलामा केही महत्वकांक्षा र व्यक्तिगत स्वार्थबाट प्रेरीत व्यक्तिले हल्लाको कारणले फाइदा उठाउने गरी पार्टी फुटाएको घोषणा गरे, र निर्वाचन आयोगमा गैरकानुनी तर्फबाट गैरकानूनी र असंवैधानिक ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरे रे, नेपालको इतिहासमा यति छिटो पार्टी दर्ताको प्रमाणपत्र दर्ता गरेको यो पहिलो चोटि हो ।’

उनले आफूले कार्यवाहक अध्यक्षको पद दिएकै व्यक्तिले पार्टी फुटाएर हिँडेको बताए । उनले भने, ‘पार्टीमा कुरा सुनिएर रे, बाहिर भएको बेलामा कसरी सुन्न सकिन्छ । उहाँलाई कार्यवाहक अध्यक्ष बनाएर गएको हो, आजका समस्याको त उहाँले नै पो हल गर्ने हो त । मन्त्री बनाइदिएन भनौँ भने बनाइदिएकै हो । पहिला पनी बनाइदिएकै हो, अहिले पनि हुनुहुन्छ, सांसद पनि बनाइदिएकै हो । के चाहिँ बनाइदिन सक्ने थिए र यहाँभन्दा मैले ।’

उनले लाखौँ पार्टी सदस्य र नेताहरू आफुहरुको समर्थनमा नै रहेको भन्दै  ५÷७ सांसदहरूलाई मन्त्री बनाइदिने प्रलोभनमा पारी खर्च गरेर भएपनि भेला पारेर पार्टी फुटाए भनेर गरेको जनआधार प्रचारले पार्टीलाई असर नपरी अझै सुदृढ भएर जाने विश्वस व्यक्त गरे । 

राजनीतिक दलहरु संस्थागत रुपले स्थिर हुन नसक्दा राजनीतिक प्रणाली नै धरापमा पर्ने हो कि भन्ने आसंका र खतरा पैदा भएको पनि उनको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार