मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

पुण्यतिथिको अवसरमा अर्घाखाँचीका विद्यार्थीलाई शैक्षिक सामग्री र छात्रवृत्ति वितरण

अनिल नेपाली 141+ समाचार ( )
१२ पौष २०८२, शनिबार

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–७ निवासी समाजसेवी भिम बहादुर नेपालीको परिवारले स्वर्गीय कुन्ती नेपालीको १२ औँ दिनको पुण्यतिथिको अवसरमा स्थानीय विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा आर्थिक सहयोग वितरण गरेको छ।शोकलाई शक्तिमा बदल्दै नेपाली परिवारले आफू पढेको र हुर्केको स्थानका शैक्षिक संस्थाहरूमा सहयोग गरेको हो।

परिवारले चन्द्र प्रभा माध्यमिक विद्यालयका करिब २६० जना र भगवती आधारभूत विद्यालयका ४० जना विद्यार्थीलाई कापी–कलम वितरण गरेको छ। साथै, चन्द्र प्रभा माविका १३ जना विद्यार्थीलाई जनही रु. २,००० का दरले कुल २६,००० रुपैयाँ नगद र ५ जना असहाय विद्यार्थीलाई रु. १०,००० बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ। यसका अतिरिक्त, ‘कुन्तीकला नेपाली स्मृति अक्षय कोष’ मा रु. ३०,००० जम्मा गरिएको छ।

मृतकका काइला छोरा एवं निर्माण व्यवसायी दुर्गा बहादुर नेपालीले आमाको प्रेरणाले नै आफूहरू समाजसेवामा अग्रसर भएको बताउनुभयो। नेपाली परिवार लामो समयदेखि जिल्लाको शिक्षा, स्वास्थ्य र विकास निर्माणमा सक्रिय रहँदै आएको छ।विद्यालयका प्रधानाध्यापकहरूले शोकको समयमा भोजभतेरमा खर्च गर्नुको साटो शिक्षा क्षेत्रमा लगानी गरेर नेपाली परिवारले समाज रूपान्तरणमा उदाहरणीय र प्रसंशनीय काम गरेको बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार