मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

पुण्यतिथिको अवसरमा अर्घाखाँचीका विद्यार्थीलाई शैक्षिक सामग्री र छात्रवृत्ति वितरण

अनिल नेपाली 141+ समाचार ( )
१२ पौष २०८२, शनिबार

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–७ निवासी समाजसेवी भिम बहादुर नेपालीको परिवारले स्वर्गीय कुन्ती नेपालीको १२ औँ दिनको पुण्यतिथिको अवसरमा स्थानीय विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा आर्थिक सहयोग वितरण गरेको छ।शोकलाई शक्तिमा बदल्दै नेपाली परिवारले आफू पढेको र हुर्केको स्थानका शैक्षिक संस्थाहरूमा सहयोग गरेको हो।

परिवारले चन्द्र प्रभा माध्यमिक विद्यालयका करिब २६० जना र भगवती आधारभूत विद्यालयका ४० जना विद्यार्थीलाई कापी–कलम वितरण गरेको छ। साथै, चन्द्र प्रभा माविका १३ जना विद्यार्थीलाई जनही रु. २,००० का दरले कुल २६,००० रुपैयाँ नगद र ५ जना असहाय विद्यार्थीलाई रु. १०,००० बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ। यसका अतिरिक्त, ‘कुन्तीकला नेपाली स्मृति अक्षय कोष’ मा रु. ३०,००० जम्मा गरिएको छ।

मृतकका काइला छोरा एवं निर्माण व्यवसायी दुर्गा बहादुर नेपालीले आमाको प्रेरणाले नै आफूहरू समाजसेवामा अग्रसर भएको बताउनुभयो। नेपाली परिवार लामो समयदेखि जिल्लाको शिक्षा, स्वास्थ्य र विकास निर्माणमा सक्रिय रहँदै आएको छ।विद्यालयका प्रधानाध्यापकहरूले शोकको समयमा भोजभतेरमा खर्च गर्नुको साटो शिक्षा क्षेत्रमा लगानी गरेर नेपाली परिवारले समाज रूपान्तरणमा उदाहरणीय र प्रसंशनीय काम गरेको बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार