मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

इण्डो–नेपाल टी–२० च्याम्पियनसीप भोलिदेखि

Ujyalosandeshonline 12611+ समाचार ( )
७ चैत्र २०८०, बुधवार

चितवन । इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता भोलिदेखि चितवनमा सुरु हुँदैछ ।

प्रतियोगिताको अघिललो दिन आज विजेताले पाउने ट्रफी अनावरण गरिएको छ ।

पटिहानीस्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा एक कार्यक्रमकाबीच आयोजक चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पिया र प्रतियोगिताको मुख्य माउण्टेन ड्युको नेपालका लागि वरुण वेभरेजका कन्ट्री हेड विशाल सिंह ठाकुरले ट्रफी अनावरण गरे ।

सो क्रममा बोल्दै चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष पियाले चितवनको क्रिकेटलाई यो प्रतियोगिताले थप उचाई पु¥याएको बताए ।

उनले पछिल्लो समय चितवनमा धेरै प्रतियोगिता हुन थालेको भन्दै अब ठूला प्रतियोगिताको आवश्यकता महसुस भइरहेको बेला इण्डो नेपाल प्रतियोगिता गर्न पाउँदा आफैमा खुशीको कुरा भएको बताए ।

उनले भने, ‘म आज एकदमै खुशी छु, हामीले धेरै प्रतियोगिताहरु गर्दै आइरहेका छौं, यो हाम्रो लागि ठूलो प्रतियोगिताको सुरुवात हो’

वरुण वेभरेजका कन्ट्री म्यानेजर नेपालका लागि चर्चित ब्राण्ड माउण्टेन ड्यु नेपालको क्रिकेटसंग जोडिन पाउँदा खुशी लागेको बताए ।

यस प्रतियोगिताले नेपाल र भारतबीचको क्रिकेट सम्बन्धलाई अगाडि बढाउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

भरतपुरमा कूटनीतिक सम्बन्ध र पर्यटन सम्भावना प्रवद्र्धन गर्न आयोजित इन्डो नेपाल टी–२० च्याम्पियनसीप गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा भोलिबाट सुरु हुनेछ । प्रतियोगितामा नेपालका भरतपुर मेयर्स ११, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश तथा भारतका दुईवटा क्षेत्रीय टोली तालतला इन्स्टिटाइट कोलकाता र पीएसआर ग्रुप लखनउ बीचको रोमाञ्चक खेल हुनेछ । यस प्रतियोगिताको सबै खेल कान्तिपुर म्याक्स एचडी र कान्तिपुरको डिजिटल प्लेटफर्ममार्फत प्रत्यक्ष प्रशारण हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार