मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

इण्डो–नेपाल टी–२० च्याम्पियनसीप भोलिदेखि

Ujyalosandeshonline 11768+ समाचार ( )
७ चैत्र २०८०, बुधवार

चितवन । इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता भोलिदेखि चितवनमा सुरु हुँदैछ ।

प्रतियोगिताको अघिललो दिन आज विजेताले पाउने ट्रफी अनावरण गरिएको छ ।

पटिहानीस्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा एक कार्यक्रमकाबीच आयोजक चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पिया र प्रतियोगिताको मुख्य माउण्टेन ड्युको नेपालका लागि वरुण वेभरेजका कन्ट्री हेड विशाल सिंह ठाकुरले ट्रफी अनावरण गरे ।

सो क्रममा बोल्दै चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष पियाले चितवनको क्रिकेटलाई यो प्रतियोगिताले थप उचाई पु¥याएको बताए ।

उनले पछिल्लो समय चितवनमा धेरै प्रतियोगिता हुन थालेको भन्दै अब ठूला प्रतियोगिताको आवश्यकता महसुस भइरहेको बेला इण्डो नेपाल प्रतियोगिता गर्न पाउँदा आफैमा खुशीको कुरा भएको बताए ।

उनले भने, ‘म आज एकदमै खुशी छु, हामीले धेरै प्रतियोगिताहरु गर्दै आइरहेका छौं, यो हाम्रो लागि ठूलो प्रतियोगिताको सुरुवात हो’

वरुण वेभरेजका कन्ट्री म्यानेजर नेपालका लागि चर्चित ब्राण्ड माउण्टेन ड्यु नेपालको क्रिकेटसंग जोडिन पाउँदा खुशी लागेको बताए ।

यस प्रतियोगिताले नेपाल र भारतबीचको क्रिकेट सम्बन्धलाई अगाडि बढाउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

भरतपुरमा कूटनीतिक सम्बन्ध र पर्यटन सम्भावना प्रवद्र्धन गर्न आयोजित इन्डो नेपाल टी–२० च्याम्पियनसीप गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा भोलिबाट सुरु हुनेछ । प्रतियोगितामा नेपालका भरतपुर मेयर्स ११, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश तथा भारतका दुईवटा क्षेत्रीय टोली तालतला इन्स्टिटाइट कोलकाता र पीएसआर ग्रुप लखनउ बीचको रोमाञ्चक खेल हुनेछ । यस प्रतियोगिताको सबै खेल कान्तिपुर म्याक्स एचडी र कान्तिपुरको डिजिटल प्लेटफर्ममार्फत प्रत्यक्ष प्रशारण हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार