मुख्य समाचार
धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ |

निर्माण स्थलमा मोटरसाइकल दुर्घटना, एक महिलाको मृत्यु

Ujyalosandeshonline 11874+ समाचार ( )
९ फाल्गुन २०८१, शुक्रबार

मर्चवार । रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा २ मा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । बनगाईमा निर्माण भइरहेको कलभर्टमा खसेर युपी ५५ क्यू ८४३२ नम्बरको भारतीय मोटरसाइलकमा सवार ४ जना मध्ये १ मृत्यु ३ घाइते भएका इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ ।

मोटरसाइकलमा सवार सम्मरीमाई १ की ज्ञानमती चमारको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक घनदेव साउदले जानकारी दिएका छन् । यसैगरी उक्त घटनामा परी घाइते भएका सम्मरीमाई १ कै इन्द्रजीत चमार, युराज चमार, मनीसा हरिजनको युनिभर्षल क्लेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको प्रहरी निरीक्षक साउदले जानकारी दिएका छन् ।

हिजो बिहिबार साँझ करीब ७ः३० बजे भएको उक्त दुर्घटनाको मुख्य कारण अहिले खुल्न नसकेको बताउदै घटनाबारे थप अनुसन्धान भाइरहेको प्रहरी निरीक्षक साउदले जानकारी दिएका छन् ।

निर्माण स्थलमा रातीमा प्रस्ट देखिने बाटो अवरोधक तथा जानकारी बोर्ड नहुँदा उक्त घटना भएको स्थानीयहरुले बताए । निर्माण कम्पनीले रातीमा टाढैबाट देखिने टल्किने रेडिएम स्टीकर वा बोर्ड नरखेकोले मोटरसाइकल चालक बाटोबारे प्रस्ट हुन नसकेको स्थानीयले बताए ।

सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवले उक्त ठाउँमा घटना नहुनपर्ने बताए । उनले भने ‘२ सातादेखि निर्माणाधीन रहेको उक्त ठाउँबारे यस क्षेत्रका अधिकांसलाई जानकारी थियो । घटनाको सत्यतथ्य छानबिन हुनुपर्छ ।’

विगत १५ दिन देखि निर्माण कार्य भइरहेको उक्त निर्माण स्थलमा सुचना बोर्ड र बाटो परिवर्तको जानकारी अगावै राखेको कलभर्ट निर्माण कम्पनी सबिना निर्माण सेवाका संचालक अहमद अली साहले बताए । उनले भने ‘उक्त निर्माण कार्यबारे सबै स्थानीयहरुलाई पहिलैदेखि अवगत रहेको छ । निर्माण स्थल भन्दा पहिलै बाटो बन्द र परिवर्तन भएको जानकारी सहितको बोर्ड पनि राखका थियौँ तर उक्त जानकारीलाई नजाने झै गर्दा उक्त घटना भएको हो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार