सुनौली सीमामा अवैध कृषिजन्य सामग्रीसहित पिकअप भ्यान नियन्त्रणमा

Ujyalosandeshonline 11139+ समाचार ( )
८ फाल्गुन २०८२, शुक्रबार

सुनौली । नेपाल–भारत सीमा क्षेत्र सुनौलीमा नेपालबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरेको भारी मात्रामा कृषिजन्य सामग्रीसहित एउटा पिकअप भ्यान भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । गोप्य सूचनाका आधारमा सीमा स्तम्भ नम्बर ५१६ नजिकै भारतीय भूमिमा गरिएको खानतलासीका क्रममा भ्यानबाट २,२५० किलो (९० बोरा) टर्कीको मकै र ३५० किलो (१० बोरा) फर्सीको बीउ बरामद भएको हो ।

पक्राउ परेका आरोपीले नेपालबाट सस्तोमा सामान खरिद गरी भारतको गोरखपुर र दिल्लीमा महँगोमा बिक्री गरेर मोटो मुनाफा कमाउने गरेको स्वीकार गरेका छन् । आरोपी र बरामद सम्पूर्ण सामग्रीलाई थप कारबाहीका लागि नौतनवा भन्सार कार्यालयको जिम्मा लगाइएको छ । नेपालका सुरक्षाकर्मीहरू चुनावमा व्यस्त भएको मौका छोप्दै तस्करहरूले खुला सिमानाको फाइदा उठाएर तस्करीका घटना बढाएको स्थानीय बासिन्दाले गुनासो गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार